उर्लाबारी-३ मंगलबारेमा जारी दोस्रो वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८१ प्रतियोगिताको पाँचौ दिनको खेलमा वडा नम्बर ७ को भेट्रान टीम विजयी ‍भएको छ ।

शनिबार भएको खेलमा वडा नम्बर ७ को भेट्रानले वडा नम्बर ३ को भेट्रानलाई ट्राईबेकरमा ५-४ को अन्तरले हराएको थियो । खेलको निर्धारित समयमा दुवै टीमबाट कुनै पनि गोल हुन नसकेपछि सो खेल ट्राईबेकरमा गएको थियो ।

सो खेलमा आयोजकले वडा नम्बर ७ भेट्रान टीमका जर्सी नम्बर ५ का खेलाडी प्रितम भट्टराईलाई म्यान अफ दि म्याच घोषणा गरेको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापाद्वारा ट्रफीले सम्मानित गरिएको थियो ।

उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन भएको सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टीमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।

वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा जारी सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले २० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सचिव मिलन भट्टराईले जानकारी दिए ।

उर्लाबारी नगरपालिका वडा नम्बर २ र ३ को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय