)नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले शनिबार विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ७२औँ स्थापना दिवस मनाएको छ । यसैबिच उर्लाबारीमा तरुण दलको नगर समितीले बाल गृहलाई कापी, फ्रुटी र बिस्कुट हस्तान्तरण गरि छुट्टै तरिकाले आफ्नो स्थापना दिवस मनाएको छ ।

सो अवसरमा शनिबार उर्लाबारी वडा नम्बर ७ स्थित नमुना बाल गृहमा आश्रित बालबालीकाहरुलाई नेपाल तरुण दल उर्लाबारी नगर समितीले ३ ÷३ दर्जन कापी , फ्रुटी र बिस्कुट वितरण गरेको छ ।

तरुण दल नगर समितीका कार्यवाहक सभापति विक्रम चापाँगाईको सभापतित्वमा उक्त स्टेशनरी सामाग्री तथा खाद्य वस्तुहरु बाल गृहकी संरक्षक मिना बराललाई हस्तान्तरण गरिएको उर्लाबारी वडा नम्बर ७ का वडा सदस्य सुमन कार्कीले बताए ।

सो अवसरमा नेपाली कांग्रेस वडा नम्बर ४ समितीका सभापति प्रेम लिम्बुले आफ्न‍ो शुभकामना मन्तव्य राख्ने क्रममा राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको बताए ।

यस्तै उनले तरुण दल विभिन्न आन्द‍ोलन र विरोध प्रदर्शनको लागि मात्र नभई समाजका हरेक गतिविधीमा प्रत्यक्ष संलग्न रहि रचनात्मक कार्यहरु गर्दै अघि बढेको बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ समितीका क्षेत्रीय सदस्य प्रकाश कन्दङ्वा , नेका उर्लाबारी नगर सदस्य प्रतिक पाण्डे, नेका उर्लाबारी ४ समितीका सचिव भिम घिमिरे, तरुण दल उर्लाबारी वडा नम्बर २ समितीका सभापति अनिल राई, भूपु शैनिक संघ मोरङ जिल्ला समितीका सह सचिव शिवहरी कार्कीलगायत अन्य युवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय