उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित रामनगर चोकमा आईतबार साँझ दुर्घटना हुदा एक युवक घाईते भएका छन् ।साँझ करिव ५:४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत मंगलबारेमा बाग्मती प्रदेश -०१०२५ च ७०२२ नम्बरको कारसँग प्र.१-०१०१७ प ३३२५ नम्बरको मोटरसाईकल ठक्कर खादा उर्लाबारी वडा नम्बर ७ का ३५ वर्षिय दिवस दुलाल घाईते भएको अस्थाई प्रहरी चौकी मंगलबारेले जनाएको छ ।
दुर्घटनालगत्तै उनलाई उपचारको लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । टाउको, हात र अनुहारमा चोट लागेर घाईते भएका दुलाललाई थप उपचारको लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएको प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक चन्द्र बहादुर कार्कीले बताए । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
यता कार र कार चालक उर्लाबारी वडा नम्बर ३ निवासी भुपाल कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।