
उर्लाबारी । मोरङको उर्लाबारीमा फागुन १५ देखि २५ गतेसम्म संचालित “उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव” को पाँचौ दिन चर्चित दुर्गेश थापाले धुलो उडाउने भएका छन् ।
पछिल्लो समय चर्चाको शिखरमा रहेका गायक दुर्गेश थापा र ताराविर पाण्डेले आज उर्लाबारी महोत्सवमा धुलो उडाउने भएका छन् । बजारमा थापाका ‘दुस्मन हेरेको हेरै, डन आयो डन, विच विचमा’ जस्ता गितहरु हिट छन् । महोत्सवमा आज पनि टिकट दर १ सय ५० नै रहेको महोत्सव आयोजक समितीले जनाएको छ ।



