उर्लाबारीस्थित मोरङ मोडेल आवासीय माविमा विद्यार्थीबीच लोकतान्त्रिक अभ्यासस्वरूप चुनाव सम्पन्न गरिएको छ। शुक्रबार विद्यालयमा चारवटा सदन—रातो, निलो, पहेँलो र हरियोबीच निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन प्रक्रियाअन्तर्गत स्कुल क्याप्टेन, दुई जना स्कुल भाइस क्याप्टेन, प्रत्येक सदनका लागि एक हाउस क्याप्टेन र एक हाउस भाइस क्याप्टेनको निर्वाचन गरिएको विद्यालयका शिक्षक तथा मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद भट्टराईले बताए ।

विद्यालयका सञ्चालक सचिन शाक्यले उक्त अभ्यासबाट विद्यार्थीलाई नेपालमा प्रचलित निर्वाचन प्रणालीको ज्ञान र स्वतन्त्र अभिमत दिने अभ्यास गराइएको बताए । यस्तै उनले यस अभ्यासले विद्यार्थीमा लोकतान्त्रिक चेतना विकास हुने अपेक्षा राखिएको बताए।

कक्षा ३ देखि १० सम्मका ४ सय विद्यार्थीले मतदानमा भाग लिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए। मतदान दिउँसो १२:३० बजे सुरू भई २:३० बजे सम्पन्न भएको थियो। मतदानमा शतप्रतिशत सहभागिता देखिएको भट्टराईले बताए ।

यसअघि प्रत्येक कक्षामा कक्षा क्याप्टेन चयन गर्न हरेक कक्षा छुट्टै निर्वाचन सम्पन्न भइसकेको विद्यालयका स्कुल संयोजक भुपाल काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय