
दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी जेसीजको आयोजनामा शनिबार एकदिने भाषण कला तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ। उर्लाबारी चोकस्थित भुसेछो रेस्टुरेन्टको सभाहलमा सम्पन्न सो तालिममा २६ जना सहभागी भएका थिए।




कार्यक्रमका प्रमुख अतिथि चिफ पाइलट सुनिल तिम्सिना मुख्य प्रशिक्षकको रूपमा उपस्थित थिए भने जेसीज उपाध्यक्ष तथा को पाइलट मिलन पोखरेल सहप्रशिक्षकका रूपमा सहभागी थिए। उनीहरूले तालिममा सहभागीहरूलाई भाषण कला र व्यक्तित्व विकाससम्बन्धी विविध ज्ञान र सीप प्रदान गरेका थिए।
तालिमको समापनपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रम संयोजक रन्जित श्रेष्ठकाअनुसार सो तालिम विहान १० बजे सुरु भई दिउँसो ५ बजेसम्म सञ्चालन गरिएको थियो।
उर्लाबारी जेसीजका अध्यक्ष भाईटीका भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष रोशन घिमिरेले गरेका थिए।
उक्त कार्यक्रममा जेसीजकी ग्रामिण संगठनात्मक संयोजक साहिमा अग्रवालले जेसीज आस्था वाचन गरेकी थिइन् भने जेसीजकी महिला कार्यक्रम संयोजक हिष्मा अग्रवालले जेसीज मिसन वाचन गरेकी थिइन्।
यस्तै सो अवसरमा बोल्दै अध्यक्ष भट्टराईले सहभागीहरूको क्षमता अभिवृद्धिमा तालिमले सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा जेसीजले थप कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।