उर्लाबारी । मोरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मोरङको उर्लाबारी-३ स्थित मदन भण्डारी ट्रमा सेन्टर तथा अस्पतालको अनुगमन गर्नु भएको छ ।
प्रदेश सरकारले मातहतमा रहेको सो अस्पतालमा ५ बर्षमा करिब १३ करोड रुपैयाँ लगानी गरेको सांसद लिम्बूले जानकारी दिनुभयो ।
पूर्वी मोरङको महत्वपूणर् स्वास्थ्य संस्थाको रुपमा रहेको अस्पतालको विकास र विस्तारमा प्रदेश सरकार लागि परेको उल्लेख गर्दै उहाँले जनतालाई सहज रुपमा सेवा प्रवाह गरेर मन जित्न आग्रह गर्नुभयो । सो क्रममा सांसद लिम्बूले अस्पतालको अवस्थाको अनुगमन समेत गर्नुभएको छ । साम्वाले अस्पतालका कर्मचारी, सञ्चालक समितिका सदस्य सहतिको सहभागीतामा अस्पतालको अनुगमन गर्नु भएको थियो ।
ADVERTISEMENT