बेलबारी । बेलबारीको लक्ष्मीमार्गमा जारी पाँचौ सस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिनको खेलामा भारतको एमएम एफ सी वेष्ट बंगाललाई ३-१ गोल अन्तरले हराउदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा बुधबार भएको दोस्रो दिनको खेलमा पहिलो हाफमा १-० ले पछि परेको स्वदेशी टोली सिरहाको सहलेस युवा क्लवले दोस्रो हाफमा खेलमा पुर्नागमन गर्दै पाहुना टोली भारतको एमएम एफ सी वेष्ट बंगाललाई ३-१ गोल अन्तरले स्तब्ध पार्‍यो ।
निर्धारित ८० मिनेटको खेलमा पहिलो हाफको ३० औँ मिनेटमा आत्मघाती गोलमार्फत सुरुवाती अग्रता लिएको एमएम एफ सी ले आफ्नो अग्रतालाई जोगाउन नसक्दा भारत दोस्रो हाफमा निराश हुदै जितको नतिजा सिरहालाई सुम्पदै पहिलो खेलबाटै बाहिरियो ।
भारतका सत्यम शर्माले गरेको प्रहारलाई खेलाडीले क्लियर गर्न नसक्दा बलले आफ्नै पोस्ट चुमेपछि सिरहा दबाबमा परेको थियो । पहिलो हाल १-० को अन्तरमा सकिदा सिरहा निकै दवामा देखीएको थियो तर दोस्रो हाफ सुरु भएको १ मिनेट वित्न नपाउदै सिरहाका लागि खेलको ४१ औ मिनेटका सिरहाका लागि विदेशी खेलाडी फोडे फोफोनाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।
४७ औँ मिनेटमा सिरहाका दिनेश हेन्जनले खेललाई २-१ को अवस्थामा पुर्‍याए । फ्रिकिकबाट रिबाउण्ड भएको बललाई उनले पोष्टको दिशा दिँदा सिरहा अघि बढ्यो ।
सिरहाका फोडे फोफोनाले ७८औँ मिनेटमा थप एक गोल गर्दै टिमलाई जितको दिशा निश्चित गराएका थिए । वेष्ट बंगालका समीर प्रधानले फउल गरेपछि पाएको फ्रिकिकलाई उनले सदुपयोग गर्दैै प्रहार गरेको बलले सिधा जाली चुमेपछि सिरहा ३-१ अन्तरले विजयी बन्यो ।
खेलमा २ गोल गरेका फोडे म्यान अफ दी म्याच घोषित भए । बिहीबार झापाको रोलिङ क्लब धुलाबारी र आयोजक डाँगीहाट युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरले १५/१५ हजार र उत्कृष्ट प्रशिक्षकले ३५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय