उर्लाबारी । विध्यालय व्यावस्थापन समितीको गठन प्रक्रियालाई लिएर उर्लाबारी नगरपालिकामा सक्रिय रुपमा रहेका राजनैतिक दलहरुले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
विध्यालय व्यावस्थापन समितीको गठनमा संघिय कानुन स्थानिय सरकारको शिक्षा ऐनमा भएको व्यावस्था बाझिएको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस र जसपाले नगरपालिको सयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ- ‘उर्लाबारी नगरपालिकाको नगर शिक्षा ऐन २०७९ को खण्ड ५ को दफा ६३ को उपदफा २ को बुँदा २ को ग र उपदफा ४ मा गरेको व्यावस्था संघिय शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा ग र दफा २ क मा भएको व्यावस्था परम्परमा बाझिएको पाईएको हुनाले चलिरहेको व्यावस्थापन समितीको निर्माण प्रक्रियालाई रोकी संघिय कानुन अनुसार नगर शिक्षा ऐनमा संसोधन गरी विध्यालय व्यावस्थापन समितीको गठन प्रक्रिया अगाडी बढाउन ध्यानाकर्षण गराउदछौ।’
५ राजनैतिक दलका स्थानिय प्रमुखहरुको उपस्थितीमा शुक्रवार उनिहरुले ध्यानाकर्षणपत्र नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई बुझाएका थिए ।
पत्रमा ६ वटा राजनैतिकदलको नाम उल्लेख गरिएको भएतापनि नेकपा एमालेका तर्फबाट भने हस्ताक्षर नगरिएको बताइएको छ ।
ADVERTISEMENT