उर्लाबारी, २२ माघ । आगामी फागुन १२ गते देखी मोरङको उर्लाबारीमा चौथो मेयर कप हुने भएको छ ।
पालिकाका ९ वटा वडाका खेलाडीहरुको सहभागितामा फुटवल खेल आयोजना हुन लागेको हो ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताको आज उर्लाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
स्थानिय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरी व्यावसायिक वनाउने उद्देश्यका साथमा नगरपालिकाको सहयोगमा फुटवल प्रतियोगिता संचालन गर्न लागिएको आयोजक राजघाट भेट्रान फुटबल क्लवका अध्यक्ष अर्जुन नाल्बोले बताउनु भयो।
प्रतियोगिता अन्र्तगत १२ गतेको उदघाटन खेल वडा नम्वर-६ र वडा नम्वर-८ का विचमा हुने भएको छ भने दोस्रो दिनको दोस्रो खेल वडा न-५ र ९, तेस्रो खेल वडा नम्वर-२ र ७ चौथो खेल वडा नम्वर-३ र १ का विचमा हुने भएको छ भने वडा नम्वर-४ ले बाई पाएको छ ।
फागुन १२ देखी २० गते सम्म संचालन हुने प्रतियोगीताको समपुणर् खेल स्थानिय अरनिको उच्चमावीको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार उपविजेताले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र हात पार्ने छन् भने फाईनल खेलमा सवै विधागत पुरस्कार समेत प्रदान गरिने जनाईएको छ ।
प्रतियोगिता भरी अनुमानित ७ लाख ५० हजारको हाराहरीमा खर्च आउने अनुमान आयोजकको छ, संचालनका लागि नगरपालिकाले ५ लाख प्रदान गर्ने र बाकी अपुग रकम आयोजकले व्यावस्थापन गर्ने सर्त भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
ADVERTISEMENT