काठमान्डौ, २ चैत्र । डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ।
नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो । जितसगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।
खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निणर्य लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।
खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निणर्य लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।
ADVERTISEMENT