काठमाण्डौ । सङ्खुवासभामा हेलिकप्टर दुर्घटना भएको छ । भोटखोला गाउँपालिका-३ सिब्रुङमा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एअरको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टर दुर्घटना भएकोबारे जानकारी प्राप्त भएको र अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले पनि हेलिकप्टर सम्पर्कविहीन भएको बताएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।
ADVERTISEMENT