उर्लाबारी, ३१ जेठ । मोरङको उर्लाबारी-२ मा हरेक वर्ष वर्खाको समयमा स्थानियलाई दुख दिदै आएका २ वटा खोलामा तटबन्धन हुने भएका छन् ।
उर्लाबारी-२ को मध्यभागहुदै बग्ने तेलीखोला र पुर्वी सिमाना छेउबाट बग्ने डुम्रे खोलामा तटबन्धन परियोजना संचालन हुने भएको वडा नम्वर २ का वडाध्यक्ष कुमार कडेलले बताए ।
अध्यक्ष कडेलका अनुसार नेपालका जापान सरकारको सहयोगमा काम गर्दै आएको ग्रामिण पुर्ननिर्माण संस्था आर. आर. एन को सहयोगमा २७ करोड ७५ लाख १४ हजार १ सय ४३ रुपैयाको लागतमा निर्माण सम्पन्न् हुने गरि सम्झौता भएको बताए ।
वडाअध्यक्ष कडेल र पुर्ननिर्माण सस्थाका प्रतिनिधी विच मंगलबार सम्झौता भएको हो । निर्माणको काम आगमी हप्ता देखी सुरु हुने कडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय