किशोर निरौला मधुमल्ला २० असोज । मोरङको मिक्लाजुङ गाउँपालिकमा रहेको साना किशान कृषी सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ मा रहेको मावा नुनसरी सामुदायिक वन उपभोक्ता समुहको सभाहलामा साधारण सभा सम्पान्न भएको हो ।
साना किशान कृषी सहकारी संस्थाकोे साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले सहकारी संस्थहरुले आय आर्जनमा बृद्धी हुने किशिमका कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
सहकारी संस्थाहरुले समुदाय स्तरमा मुख्य सहयोग पुर्‍याएको पौडेलले बताउनु भयो ।
सहकारी संस्थाले समुदाय स्तरमा कृर्षी जन्य व्यवसाय विस्तारका लागी प्राथमीकतामा राखेर कार्य गर्नु पर्ने पौडेलले बताउनु भयो ।
सहकारीको माध्यमबाट समुदाय र राष्ट्रलाई आर्थिक समृद्धीको पाटोमा अगाडी बढाउन सहयोग समेत पुगेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र राज आचार्यले बताउनु भयो ।
संस्थाको २३ औं बार्षिक साधारण सभाको आर्थिक तथा प्रगती प्रतीवेदन साना किसान कृषी सहकारी संस्थाको अध्यक्ष जमुना दाहालले सभामाझ पेश गर्नु भएको थियो ।
यस्तै लेखा प्रतिबेदन लेखा सदस्य बाल कुमार भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।साधारण सभा कार्यक्रमलाई मिक्लाजुङ गाउँपालिकाका पुर्व अध्यक्ष देबि प्रसाद आचार्य, मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेत साना किसान सहकारि का उपाध्यक्ष चुडामणि निरौला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मिक्लाजुङ गाउँपालिका कृषि साखा अधिकूत मिना लिम्बू ईलाका प्रहरी मधुमल्ला का इन्चार्ज टीका सुनुवार उर्लाबारी नगरपालिका वाड नः१ का वडा सदस्य गौरि संखर दाहाल को उपस्थिति रहेको थियो ।
शाना किसान कृषी सहकारी संस्थामा मिक्लाजुङ गउँपालिका क्षेत्रका बिभिन्न वडाका एक हजार ७५ जना शेयर सदस्यहरुको रहेकाछन ।
साना किसान कृषी सहकारी संस्थाले ग्रमाीण क्षेत्रका कृषकहरुलाई कृषी लगायत बिभिन्न प्रकारका सहु्लीयत कर्जाहरु समेत प्रदान गर्दै आएको कार्यक्रममा जनाकारी दिइएको थियो
यस्तै संस्थाले सञ्चालन गरेको पशु बिमा कार्यक्रम अन्र्तगत वडा नं. ६ की सारदा मगरलाई पशु विमा रकम रू ६० हजार समेत हस्तान्तरण गरिएको संस्थाका कर्मचारी तेजप्रकाश निरौलाले बताउनुभयो । कार्यक्रम संस्थाकी व्यवस्थापक लक्ष्मी श्रेष्ठ ले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय