उर्लाबारी,२० कातिक । उर्लाबारी–२ र ३ भएर बग्ने तेली खोलामा तटबन्धनको कार्य सुरु भएको छ । वडा नं. २ सुनझोडा तिनघरेदेखि वडा नं. ३ को बक्राहा खोलासम्म ७.२ किलोमिटर मध्ये पहिलो चरणमा साढे तीन किलोमिटर क्षेत्रमा तटबन्धन गरिने भएको हो । तटबन्धनको आज एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मीना खतिवडा पौडेलले शिलान्यास गर्नुभयो । खोलाका दायाँ वायाँ दुवैतर्फ माटोको ड्याम, ग्याविङ बक्स र रिटर्निङ वाल निर्माणका लागि २ करोड ३२ लाख ७१ हजार रुपैयाँमा पूर्ण विनायक रामेछाप जेभीले ठेक्का लिएको छ । एनआरएन जापानको सहयोगमा तटबन्धन कार्य अघि बढाइएको हो । यो ठेक्का अनुरुपको कार्य तीन महिनाभित्र सम्पन्न हुने जनाइएको छ । वडाध्यक्ष राजन कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष कँडेल, ठेकेदार लिला बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय