उर्लाबारी, २५ कातिक । चाडपर्वले छप्पकै छोपेका बेला बजारमा अखाद्य बस्तु (फोहोर) मिसिएका पेयपदार्थहरु भेटिन थालेका छन् ।
चाडपर्वको मौका छोपेर पेय पदार्थ विक्री गर्ने उद्योगहरुले उपभोग मिती सकिन लागेका र डयामेज भएका पेयपदार्थहरुलाई सल्टाउन राम्रोमा नराम्रो बस्तु मिसाएर बजारमा धमाधम विक्रीका लागि ल्याउने गरेको गुनासो स्थानिय उपभोक्ताहरुले गर्ने गरेका छन् ।
बालबच्चा, युवायुवती सवैको रोजाईमा परेको पेयपदार्थ स्लाईसको बोटलमा (कालो लेउ) जस्तो आखाद्य पदार्थ मिसीएको फेला परेको छ ।
मोरङको उर्लाबारी-३ स्थित मंगलबारेमा स्थानिय सुमन श्रेष्ठले स्लाईस खरिद गरी खाने क्रममा सिलप्याक बोटलभित्र (कालो लेउ) जस्तो पदार्थ मिसीएको स्लाईस फेला परेको बताए ।
उनले एक स्थानिय पसलबाट स्लाईस खरिद गरी पिउने क्रममा बोटल भित्र फोहोरका कणहरु देखेपछि स्लाईसले मानव स्वास्थ्यमाथी खेलबाड गर्ने गरेको बताए ।
श्रेष्ठले भने-‘उर्लाबारीमा मात्रै होकी स्लाईसको लापरवाही अन्य बजारमा पनि यस्तै हो पटक-पटक फोहोर मिसिएको स्लाईस बजारमा विक्री गर्ने उद्योगलाई कार्वाही हुन्न।’
श्रेष्ठले बोटलमा (कालो लेउ) जस्तो देखीने पदार्थ मिसिएको बोटल फेला पारेपछि सो बोटल अस्थायी प्रहरी चौकी उर्लाबारी मंगलबारेमा बुझाएको बताए ।


यस अघि पनि श्रेष्ठले नै स्लाईसको बोटलमा प्लाष्टिकका टुक्रा जस्ता देखिने फोहोर मिसिएको बोटल फेला पारेका थिए । सो बेला उनले फोहोर मिसिएको स्लाईसका बारेमा कम्पनीकी प्रतिनिधी अनिता भण्डारीलाई जानकारी गराउदा भण्डारीले उल्टै त्यस्तै हो भनेर टारेको बताए ।
पटक-पटक सोही कम्पनीको पेयपदार्थमा फोहोर मिसिएको फेला परेपछि कम्पनीको लावरवाही प्रति सजग गराउन फोहोर मिसिएको पेय पदार्थका बोटल श्रेष्ठले प्रहरीको जिम्मा लगाएका छन् ।
नेपालमा स्लाईसको उत्पादन पेप्सी कम्पनीले गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको स्लाईसलाई बजारमा विक्रिका लागि लगिदा समेत कम्पनीले पिउन योग्य छ छैन भन्ने निक्र्यौल नगरेको पाइएको छ ।
यता चडपर्वको समयमा नगरपालिकाले पटक-पटक बजार अनुगमन गरेपनि फोहोर मिसिएका पेयपदार्थ बजारमा भेटिने क्रम नरोकिदा नगरपालिकाको अनुगमन प्रभावकारी नभएको उपभोक्ताहरुको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय