रतुवामाई । मोरङको रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह शुक्रवार स्वच्छ र सफा रतुवामाई बनाउन सबै नगरबासी जुट्नु पर्ने भन्दै कुचो बोकेर सफाईमा निस्किएका छन् ।
रतुवामाई नगरपालिकाले शुक्रबारदेखी नगरका सबै वार्डमा सरसफाई कार्यक्रम थालनी गर्ने बताउदै मेयर सिंहले नगरपालिकालाई सफा र स्वच्छ बनाउन सवै लागि पर्नुपर्ने बताए ।
उनले नगर सफा बनाउन सबै हातेमालो गरेर अघि बढ्नु पर्ने बताउदै शुक्रवार वडा नम्बर ४ को झुर्किया बजार सरसफाईमा निस्किएका हुन् । सरसफाई कार्यक्रम स्वास्थ्यसँग जोडिएकाले वार्डको सरसफाई कडाईका साथ गर्न वडाध्यक्षहरूलाई उनले आग्रह समेत गरेका छन् ।
पहिलो दिन वडा नं. ४ झुर्किया बजारबाट सरसफाई कार्यक्रम शुरू गरेको छ रतुवामाई नगरपालिकाका मेयर सिंह, उपमेयर दयन्तादेवी चुडाल, प्रमुख प्रशाकिय अधिकृत दिनानाथ लम्साल, वडाध्यक्ष, प्रहरीसहित झुर्किया बजारमा सरसफाई अभियानको सुरुवात गरिएको हो ।
ADVERTISEMENT