
उर्लाबारी, ७ मसिर । मोरङ उर्लाबारी—९ का स्वर्गिय दुर्गाराज पोमुको स्मृतिमा उहाँको परिवारले स्थानीय एक विद्यालयमा अक्षयकोषस्थापना गरेको छ ।
स्वर्गिय पोमुको परिवारले प्रभात आधारभुत विद्यालयमा २ लाख बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको हो। आज विद्यालयमाव्यवस्थापन समिति र पोमु परिवारबिच अक्षयकोषको बिषयमा छलफल भएको थियो ।




छलफलले विद्यालयको शैक्षिक उन्नयनमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ।
‘हामीले हाम्रा स्वर्गिय पिताको नाममा गरिव जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पुर्याउने उद्देश्यले लागि अक्षयकोष खडा गरेका हौ, कोषको रकमको ब्याजबाट बिद्यालयमा बर्षेनी कार्यक्रम हुनेछन्, जसको लागि अक्षयकोषको बिधिबिद्यान बनाँउने छौ, छोरा लोलिमपोमुले भन्नुभयो ।
उहाँले आफूहरुले स्थापना गरेको कोषको छात्रवृत्तिले विद्यार्थीको पढाईको स्तरबृद्धि हुने अपेक्षा गरेको बताउनुभयो ।
उसो स्वर्गिय दुर्गाराज पोमु विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । नयाँ पुस्तामा त्यो थाहा नहुन सक्छ, प्रभात स्कुल स्थापनामा उहाँहरुको अमुल्य योगदान रहेको छ । विद्यालयका प्रअ मोहन चाँपागाईले अक्षयकोष स्थापना प्रति खुशी प्रकटगर्दै पोमु परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
उहाँले भन्नुभयो, सामुदायिक विद्यालय एकदमै कठिनका साथ सन्चालन भईरहेका छन्, यस्ता सहयोगले विद्यालयको शैक्षिक मुहार फेर्नटेवा पुग्नेछ। अझ यस विद्यालयका स्थापनाका धरोधर संरक्षक दुर्गाराज दाईको नामको सहयोग पाउँनु हाम्रो लागि धेरै खुशीको कुरा हो।
विद्यालयका अध्यक्ष सुरेन्द्र शेर्माको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विद्यालयका प्रअ मोहन चाँपागाई,शिक्षक सन्तकुमारबस्नेत, स्थानीय मानबहादुर थापा, परिवारको तर्फबाट दिलिप कुमार पोमु,लोलिम पोमु, दिपेन्द्र पोमु,अभिषेक पोमु लगायतको उपस्थितीरहेको थियो । पूर्वी नेपालको ताप्लेजुङ जिल्ला निगुरादिन—६ खानीगाँउमा पिता कुलमान पोमु र माता निरमाया सिरेङ चोङबाङका ५पुत्ररत्न मध्ये साईला पुत्ररत्नका रुपमा २००१ साल मंसिर १० गते जन्मभई हाल उर्लाबारीमा स्थायी बसोबास गर्दै आउनुभएका पोमु गतकात्तिक २७ गते निधन भएको थियो।