
उर्लाबारी, १६ जेठ । विश्व महिनावारी दिवसको अवसरमा मोरङको उर्लाबारीमा रोक्ट्रयाक क्लब उर्लाबारीले घरमै बसीबसी सेनिटरी प्याड बनाउने तालिम दिएको छ ।
रोक्ट्रयाक क्लब अफ उर्लाबारीको आयोजनामा उर्लाबारी-६ मा यो तालिम संचालन गरेको हो । तालिममा सेनिटरी प्याडलाई घरमा आफै कसरी निर्माण गर्न सकिन्छ भनेर सिकाइनुका साथै त्यसलाई पुनः कसरी प्रयोगमा ल्याउन सकिन्छ भिडियो मार्फत सहित सबै प्रतिनिधि विद्यार्थीहरूलाई सिलाउन लगाएर सिकाइएको थियो ।
विशेषगरी रियुसवाला प्याडको माध्यमबाट वातावरणलाई समेत सहयोग पुर्याउन सकिन्छ भन्न उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुनिल सुबेदीले बताउनुभयो कार्यक्रम उहाकै सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उर्लाबारी- ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, विशिष्ट रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष विनोद न्यौपाने, इलाका प्रहरी कार्यालय उर्लाबारीका बाबुराम खनाललगायत रहनुभएको थियो ।
उक्त तालिममा उर्लाबारी-६ को राधिका मावि, मोरङ मोडल मावि, कुडोस विद्या सदन स्कुल, लालिगुँरास स्कुल, होलिचाल्ड मावि, सिसौली,तरण चोक, धावने चोक, सूर्यचोक ए र वि, सिमानाबस्ति गरी ६ वटा बाल क्लबहरुको पनि सहभागिता रहेको थियो ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय उर्लाबारीले लागुऔषध र बालअधिकार सम्बन्धि जनचेतना मुलक जानकारी समेत गराएको थियो ।



