
उर्लाबारी, १७ असार । कोशी प्रदेशकै अब्बल विद्यालयको रुपमा गनिदै आएको सप्तकोशी गुणस्तरीय शिक्षाका कारण अभिभावकको रोजाइमा पर्दै आएको छ ।
२३ वर्षदेखि एसएलसी/एसईईमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने उर्लाबारीकै गुणस्तरीय शिक्षाको मेरुदण्डका रुपमा स्थापित बिद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अग्रेजी माध्यममा पढाइ हुँदै आएको छ ।
उर्लाबारी-४ मा रहेको यो विद्यालयले २०५८ सालदेखि एसएलसीमा विद्यार्थी सामेल गराउँदै २०८० सम्म आइपुग्दा कुनै पनि विद्यार्थी अनुतीणर् भएका छैनन् ।
सुविधा सम्पन्न भवन, दक्ष अनुभवी शिक्षक शिक्षिका, शान्त शैक्षिक वातावरणले सप्तकोशीको सान र मान बढाएको छ । यो विद्यालयमा वि.सं. २०६६ सालदेखि वाणिज्य संकायमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ भने २०७६ देखि विज्ञान संकायको पढाइ भइरहेको छ ।
सप्तकोशीले वर्षेनि उत्कृष्ट नतिजा ल्याउँदा यो विद्यालय शैक्षिक गन्तव्य बन्न पुगेको छ । सुपथ शुल्कमा गुणस्तरीय पठनपाठन सप्तकोशीको विशेषता भएको अभिभावकहरु बताउछन् ।
पूर्वी मोरङकै उत्कृष्ट निजी विद्यालयको रुपमा आफूलाई स्थापित गराउन सफल यस विद्यालयमा विज्ञान प्रयोगशाला, यातायातको व्यवस्था, शान्त शैक्षिक वातावरण, छात्रवृत्तिको व्यवस्था रहेको स्कुलका संस्थापक/प्रिन्सिपल लेखनाथ भट्टराई बताउनुहुन्छ ।
यस बिद्यालयमा कक्षा ११ र १२ को विहानी सत्रमा पढाइ हुने गरेको छ । यहाँ अध्ययन गरेका विद्यार्थी देशविदेशमा विभिन्न क्षेत्रमा अब्बल दरिएका छन् । सप्तकोशीले गुणस्तरीय एवम् ब्यावहारिक शिक्षामा जोड दिँदै आएका कारण पनि विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्ती बताउनुहुन्छ ।
यस बिद्यालयले आधुनिक कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, स्कुल बस, विद्यालय परामर्श सेवा, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, हाईकिङ, विद्यार्थी परामर्श सेवा, अतिरिक्त कक्षा, जीवन सीप कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
राष्ट्र र समाजको विकासमा विज्ञान, प्रविधि र ज्ञानका क्षेत्रका आवश्यक उच्च गुणस्तरयुक्त मानवीय संशाधन तयार पार्न सहयोग पुर्याउने उद्देश्यले उक्त विद्यालयले ब्यवस्थापन र विज्ञान संकायमा ११ र १२ कक्षाको पढाइ सञ्चालन गर्दै आएको प्रिन्सिपल लेखनाथ भट्टराई बताउनुहुन्छ ।
कक्षा ११ र १२ का लागि छुट्टै भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो भवनमा आधुनिक सुविधासम्पन्न विज्ञान प्रयोगशाला पनि निर्माण गरिने उहाँले बताउनुभयो ।
यो विद्यालयमा विषयगत दक्ष र अनुभवी शिक्षक शिक्षिकाले अध्यापन गराउँदै आउनुभएको छ ।
यो विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सामाजिक कार्यसमेत गर्दै आएको छ ।
जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको सप्तकोशीले वर्षेनि साढे तीन लाखभन्दा बढी छात्रवृत्ति वितरण गर्ने गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि एसईईमा प्राप्त जिपिए र इन्ट्रान्सको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयले जनाएको छ ।
सप्तकोशीमा प्लेग्रुपदेखि कक्षा १२ सम्म एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ६० जना शिक्षक कर्मचारी कार्यरत छन् । यो विद्यालयले विद्यार्थीको सहजताका लागि पाँच वटा स्कुल बस सञ्चालनमा ल्याएको छ ।



