जिल्ला ३२५ सी. अन्तर्गत लायन्स क्लब अफ उर्लाबारीको सोमबार पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार उर्लाबारी वडा नम्बर ५ स्थित होटल सेवायोमा आयोजित एक कार्यक्रमबिच अध्यक्षमा नवनिर्वाचित पवन अग्रवालसहित अन्य पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको लायन्सका निवर्तमान अध्यक्ष नितम चौहानले जानकारी दिए ।
लायन्स क्वलको गत जेठ ६ गते सम्पन्न २७ औँ चुनावी साधारणसभाबाट अध्यक्षमा पवन अग्रवाल सर्वसम्मत चयन भएका थिए ।
यस्तै सो चुनावी सभाबाट वर्ष २०२४/०२५ को अध्यक्षमा अग्रवालसहित सचिवमा भिम प्रसाद तामाङ उर्फ पवन वाईवा र कोषाध्यक्षमा आनन्द कार्की चयन भएको लायन्सका निवर्तमान अध्यक्ष चौहानले जानकारी दिए । यस्तै क्लवको प्रथम र दोस्रो भि.पी. मा क्रमश: विष्णु आचार्य र प्रिएस वाहेती चयन भएका थिए ।
उक्त पदभार ग्रहण कार्यक्रमको अवसरमा क्लवले ३ परिवारलाई खाद्यन्न समेत वितरण गरेको थियो । सो अवसरमा उर्लाबारी आगलागी घटनाका पिडित राजिव दियाली र विक्रम शाहलाई चामल, दाल, चना, तेल , अण्डालगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराईएको लायन्सका वर्तमान अध्यक्ष पवन अग्रवालले जानकारी दिए।
यस्तै उनले गत जेठ २३ गते उर्लाबारी -३ मंगलबारेमा निर्माणाधिन एक घरको दुई तलाबाट खसेर मृत्यु भएका सनिकुमार श्रेष्ठको परिवारलाई समेत उक्त खाद्यन्नहरु वितरण गरिएको जानकारी दिए ।