काठमान्डौ, ९ साउन । नेपाल विद्युत् प्राधिकरणले अन्ततः उद्योगमा लाइन जोडेको छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवाद भएपछि प्राधिकरणले ६ वटा उद्योगमा काटेको लाइन मंगलबार साँझ जोडेको हो। तीन महिनाभित्र उद्योगीहरूको बक्यौता महसुल भुक्तानी नगरे पुनः बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशन अनुसार विद्युत्को लाइन जोड्ने निर्णय अनुरूप लाइन जोडेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ शर्तसहित उद्योगमा लाइन जोड्न सहमत भएका हुन्। प्राधिकरण सञ्चालक समितिले उद्योगमा तीन महिनाभित्र बक्यौता तिर्ने शर्तसहित लाइन जोड्ने निर्णय गरेको भए पनि यसमा माओवादी केन्द्र निकटका दुई सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। प्राधिकरण सञ्चालक समितिका सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्। मन्त्रीपरिषद्को निर्णयका आधारमा लाइन काटिएको भन्दै नियमन आयोगले निर्देशन दिएका आधारमा मात्र बक्यौता नतिरी लाइन जोड्न नसकिने फरक मत दर्ज गराएका हुन्। 

प्राधिकरण सञ्चालक समिति आठ सदस्यीय छ। जसमा पाँच जना सदस्यले हस्ताक्षर गरेपछि निर्णय हुन्छ। माइन्युटमा ऊर्जामन्त्री तथा अध्यक्ष खड्का, प्रबन्ध निर्देशक तथा सदस्यसचिव घिसिङ, सचिवद्वय र सदस्य रतनबहादुर ऐरले भने हस्ताक्षर गरेका छन्। ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा प्राधिकरणले बक्यौता नतिरेको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची, जगदम्बा सिन्थेटिक, हुलास स्टिल र जगदम्बा स्टिल उद्योगको लाइन काटेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा लाइन काटेका उद्योगमा लाइन जोड्न निर्देशन दिए पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आलटाल गर्दै आएका थिए। सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन अनुसार उद्योगीले विद्युत् महसुल तिर्न तयार रहेको बताए पनि प्राधिकरणले उद्योगीको लाइन काटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय