उर्लाबारी, १४ साउन । मृत्युको मुखबाट फर्केर जीवनको नयाँ अध्यायमा प्रवेश गरेका तारामान सिरेङ आज उर्लाबारी उद्योग वाणिज्य सघको अध्यक्ष पदमा उम्मेदवार बनेका छन ।
वाणिज्य संघमा सिरेङको यात्रा र सुरुवाती उपलव्धीः २०६६ सालमा भएको उर्लाबारी उद्योग वाणिज्य सघको निर्वाचनमा सदस्य पदमा उठेर निर्वाचित भएका तारामानको यात्रा सदस्यमा मात्रै सिमित भएन । सदस्यमा निर्वाचित भएर २ वर्षे कार्यकालमा सघभित्रका धेरै कुरा बुझेका सिरेङले वि. स. २०६८ सालमा महासचिव पदमा उम्मेदवारी दिए । परोपकारी, परिश्रमी र मृदुभाषि स्वभावका सिरेङले महासचिव पदमा अत्यधिक मतका साथ विजयी बने ।
उनको विजयी सगसगै उर्लाबारी उद्योग वाणिज्य सघलाई नया उचाईमा पुर्याउन उनकै पहलमा उर्लाबारी उद्योग वाणिज्यसघलाई महासंघको सदस्यता प्रदान गराउन उर्लाबारी उद्योग वाणिज्यसघ सफल भयो । उवासघले महासंघको सदस्यता पाए सग-सगै स्थानिय व्यापारीहरुको उर्लाबारी उद्योग वाणिज्य संघप्रति आर्कषण बढेर गयो फलस्वरुप ९ सय सदस्य रहेको उर्लाबारी उद्योग वाणिज्य संघका सदस्यको संख्या बृद्धि भएर ११ सय पुग्यो ।
महासचिव पदको यात्रा गरिसकेपछि सिरेङले केही वर्ष उद्योग वाणिज्यसंघको यात्रालाई विश्राम गरेर व्यावसायिक कर्मलाई नै अघि बढाउदै गए ।
महासचिव पदमा रहदा उनले गरेका पहल र कार्यशैलीलाई नजिकबाट नियाली रहेका स्थानिय व्यावसायीहरु सिरेङलाई संघको नेतृत्वमा देख्न र हेर्न चाहिरहेका हुन्थ्ये । उनिहरुको चाहाना अनुरुप नै सिरेङले २०७२ सालमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिए । उनको उम्मेदवारी सगै उत्साहित भएका व्यावसायीहरुले सिरेङलाई अत्यधिक मतका साथ बरिष्ठ उपाध्यक्ष पदमा बिजयी गराए ।
बरिष्ठ उपाध्यक्ष पदको यात्रा र उपलव्धीः सदैव नविनतम सोच राख्ने र केही गरौ भन्ने हुटहुटी बोकेका सिरेङले उद्योग वाणिज्यसंघलाई नया उचाईमा पुर्याउन र व्यावसायीहरुलाई राहत पुग्ने परोकारी कार्य गर्ने सोचका साथ प्राकृतिक ‘प्रकोप कोषको स्थापना’ को नया कन्सेप्ट ल्याए जसको आकार र उद्देश्य बृहत थियो हाल सोही कोषलाई वाणिज्यसघले ‘विपद कोष’ का रुपमा संचालन गरिरहेको छ । जसले विपदमा परेका व्यवसायीहरुलाई राहत दिने कार्य गर्दै आएको छ ।
उर्लाबारीको चिनारी देशका कुना काप्चा सम्म पुर्याउने र संघको आम्दानीलाई बढवा दिने नया सोचका साथ सिरेङ वाणिज्य संघमा सडक खाना महोत्सव को प्रस्ताव लगे उनको त्यो प्रस्तावले सार्थकता पाएसगै सघको नेतृत्वमा उर्लाबारीमा सडक खाना महोत्सव लाग्यो ।
यस्तै व्यावसायीहरुको स्वास्थ्य परिक्षणका लागि उनकै पहलमा संघको नेतृत्वमा स्वास्थ्य शिविरको आयोजना भयो ।
सिरेङ बरिष्ठ उपाध्यक्ष हुनुभन्दा अगाडी संघको विधानमा पदाधिकारीको कार्यकाल २ वर्ष रहने व्यावस्था थियो । उनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित भए पछि सिरेङले विधान सम्सोधनको प्रस्ताव लिएर गए र सो प्रस्तावलाई संघले पारित गर्दै पदाधिकारीको कार्यकाल ३ वर्ष रहने व्यावस्था गर्यो । जसले अहिले पनि निरन्तरता पाईरहेको छ ।
उर्लाबारीका स्थानीय व्यावसायीहरूको हितमा लामो समयदेखि निरन्तर काम गर्दै आएका सिरेङ २०८० कात्र्तिक २६ गते लक्ष्मी पुजाको रात एउटा दुर्घटनामा परे
आगलागी घटनाः
२०८० सालको कात्तिक २६ गते, लक्ष्मी पूजाको राति, उर्लाबारी-७ स्थित स्नेहा सुनचादी पसलमा एक विनाशकारी आगलागीले स्थानीय समुदायलाई स्तब्ध पारिदियो । उक्त आगलागीमा ५ जनाको मृत्यु भयो भने २८ जना घाइते भए । आगोले तारामानको अनुहार, घाटी र हातमा गहिरो गरी पोल्यो । यस बाट उनि जिवनमरणको दोषाधमा पुगे । प्रारम्भिक उपचारका लागि उनी सगै केहीलाई विराटनगरको रेडप्लस अस्पताल हुदै विराटमेडिकल कलेज पुर्याइयो भने अन्य विएण्डसी अस्पताल विर्तामोडमा पठाईयो । यि दुवै अस्पतालमा बर्नको प्रारम्भिक उपचार मात्रै हुने भएकाले उनिहरुलाई थप उपचारका लागि नेपाली सेनाको जहाजमार्फत काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा पठाइयो ।
करिव २४ सम्मको कठिन उपचारपछि, सिरेङ सहित जिवीत रहेकाहरु घर फर्किए । जिवनको यात्रामा व्यावसायीको पसलमा आगो लाग्दा आफ्नो ज्यानको पर्वाह नगरी धनजनको क्षति न्युनिकरण गर्न खटिदा आफै जिवनमरणको दोसाध बाट फर्किएका सिरेङले उर्लाबारीको व्यापारलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ सिरेङले अहिले उद्योग वाणिज्य सघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
उनले साना, मझौला र ठुला व्यावसायीहरूको हकहितका लागि काम गर्न अभिलासा राखेर चुनावी मैदानमा ओर्लिएको बताए । सरल र मिलनसार स्वभाव र प्रखर नेतृत्व क्षमताले उनलाई व्यावसायिक समुदायको सेवा गर्न तत्पर बनाएको छ । उनी उद्योग वाणिज्य सघका लागि नयाँ ऊर्जा र उत्साह ल्याउने आशामा छन् ।
ADVERTISEMENT