उर्लाबारी, १७ साउन । उर्लाबारी नगरपालिकामा तारामान सिरेङ केवल एक परिचित व्यवसायी मात्रै होइनन्, उनी एक समर्पित र प्रिय व्यक्तित्व पनि हुन् । व्यवसायीहरूको हितमा सधैं अग्रपंक्तिमा उभिएर काम गर्दै आएका सिरेङको जिवन यात्रा व्यापारबाट सुरु भएको थियो ।
एक विशेष घटनाले उनको जीवनमा महत्वपूणर् परिवर्तन ल्यायो र दृढ संकल्पको साथ नयाँ दिशा तय गर्न प्रेरित गर्यो ।
लक्ष्मी पूजाको रात सम्पूणर् उर्लाबारीमा लक्ष्मीको पूजा भइरहेको थियो । एक विनाशकारी आगलागीले उर्लाबारी-७ मा रहेको स्नेहा सुनचादी पसललाई आफ्नो चपेटामा लियो । आगलागीको घटनाले बजारमा होहल्ला मच्चायो र मानिसहरू घटनास्थलतिर दौडिन थाले ।
नेपाल प्रहरी घटनास्थलमा उपस्थित थियो तर बारुण यन्त्रको अभाव थियो । यस अवस्थालाई बुझ्दै, सिरेङ पनि घटनास्थलमा पुगेर उनले आफ्नो सुरक्षाका बारेमा केही नसोची, आगो निभाउने प्रयासमा लागे ।
तर, आगो नियन्त्रणमा ल्याउने क्रममा ग्यास विस्फोट भयो, जसले उनि सहित २८ जनालाई घाइते बनायो । विस्फोटबाट उनको अनुहार, घाटी, र हातमा गहिरो आगोले पोलेको चोट लाग्यो । उनको अवस्था अत्यन्त नाजुक थियो ।
प्रारम्भिक उपचारका लागि उनी र अन्य घाइतेलाई विराटनगरको रेडप्लस अस्पताल, विराट मेडिकल कलेज र केहीलाई झापाको विएण्सी अस्पतालमा पठाइयो । थप उपचारको आवश्यकता देखिएपछि, नेपाली सेनाको जहाजमार्फत उनी काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा पठाइयो । जहा सिरेङ सगै उपचारत ५ जनाले मृत्यु वरण गरे ।
सिरेङले २४ दिनको कठिन उपचारपछि मृत्युलाई पराजित गरे । अस्पतालको शैयामा रहदा उनले जीवनको पुनर्मूल्यांकन गरेपछि जीवनलाई केवल आफ्नो लागि मात्रै नभएर सम्पूणर् उर्लाबारीका साना, मझौला, र ठुला व्यवसायीहरूको हितमा समर्पित गर्ने अठोट गरे ।
घर फर्किएपछि, उनले व्यावसायीहरूलाई आफ्नो संघर्ष र दुःखका बारेमा सुनाए। उनले भोगेका दुःख र संघर्षले व्यवसायीहरूलाई प्रभावित गर्यो, जसले उनलाई आगामी निर्वाचनमा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बन्न सल्लाह दिए ।
सिरेङले उक्त सल्लाहलाई स्वीकार गर्दै, घाइते शरीरलाई थिग्राउँदै, उर्लाबारीको व्यापारलाई नयाँ उचाइमा पुर्याउने सोचका साथ उम्मेदवारी दिने निणर्य गरे।
साना, मझौला र ठुला व्यावसायीहरूको हकहितका लागि काम गर्ने अभिलासा राखेर सिरेङले व्यावसायिक समुदायको सेवा गर्न आज, मृत्युको मुखबाट फर्केर उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनका सरल स्वभाव र प्रखर नेतृत्व क्षमताले उनलाई व्यवसायिक समुदायको सेवा गर्न तत्पर बनाएको छ । उनी व्यवसायीहरूको हकहितमा काम गर्न र संघलाई नयाँ उचाईमा पुर्याउन आशावादी छन् ।
ADVERTISEMENT