काठमाडौँ, १८ साउन । गत वर्षको तुलनामा कक्षा १२ को नतिजामा सामान्य सुधार देखिएको छ । शुक्रबार प्रकाशित यस वर्षको नतिजामा २ लाख ३ हजार ८ सय ४७ जना अर्थात् ५२.१५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । उनीहरु उच्च शिक्षामा भर्ना हुन योग्य भए भने १ लाख ८७ हजार २१ अर्थात् ४७.८४ प्रतिशत विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् । यो नतिजा गत वर्षभन्दा १.२४ प्रतिशतले सुधार हो ।
यसपटक जम्मा ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थी नियमिततर्फ परीक्षामा सहभागी थिए । गत वर्ष ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएकामा ५०.९१ प्रतिशत अर्थात् १ लाख ८९ हजार ७ सय ११ जनाले मात्रै ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए । यस हिसाबले गत वर्षको तुलनामा नतिजामा १.२४ प्रतिशतले सुधार देखिएको हो ।
अघिल्लो वर्ष १ लाख ८२ हजार ९ सय २६ अर्थात् (४९.०९) प्रतिशत विद्यार्थी एनजीमा परेका थिए । दुई विषयसम्म नन्ग्रेडिङ भएर एनजीमा परेका विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् । तीनभन्दा बढी विषयमा नन्ग्रेडिङ भए अर्को वर्ष मात्र ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय