उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा नगरपालिका मतहत रहेका ४ जना स्टाफ नर्सलाई उर्लाबारी नगरपालिकाले फिर्ता लैजाने निणर्य गरेको छ ।
उर्लाबारी नगरपालिकाका तत्कालिन मेयर खड्ग फागोले नगरपालिकाको तर्फबाट सेवाग्राहीको सहजताका लागि ४ जना स्टाफ नर्स मदन भण्डारी अस्पतालका लागि ब्यवस्था मिलाइदिएका थिए ।
उर्लाबारी नगरपालिकाका नयाँ नेतृत्व आएसँगै ४ जना नर्सलाई फिर्ता लैजाने निणर्य गरेपछि अस्पतालमा बिरामीको उपचारमा थप समस्या उत्पन्न हुने देखिएको छ ।
४ जना नर्स फिर्ता लैजाने निणर्यले अस्पतालको सेवा प्रभावित बन्ने भएकाले निणर्यलाई पूर्नविचार गरिदिन अस्पताल ब्यवस्थापन समितिले नगरपालिकामा अनुरोध गरेको छ ।
प्रदेश-१ सरकार मातहत रहेका अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत फिजिसियन डाक्टर कुशल ओस्तीको पनि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कोशी कोभिड अस्पतालमा हाजिर हुन भने पनि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको सेवा प्रभावित बनेको छ ।
हाल ट्रमा सेन्टर डाक्टर विहिन भएको छ । जसका कारण अस्पतालमा दैनिक जसो आउने सयौँ विरामीले सास्ती खेप्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. रविकुमार शाह बताउछन् ।
उनि भन्छन्-“अस्पतालमा कार्यरत डाक्टरलाई प्रदेश सरकारले लग्यो ४ जना स्टाप नर्सलाई पनि नगरपालिकाले फिर्ता बोलायो अव विरामीलाई सेवा कसरी दिने सकसमा छौँ, हाम्रो दुःख कसैले सुनेन्”।
अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गर्ने सरकारको योजना भएपनि हाल प्रदेश सरकारले डाक्टर र नगरपालिकाले स्टाप नर्स फिर्ता बोलाएपछि अस्पतालमा आउने सुगर, प्रेसर, दम, मुटुरोगी र अप्रेसन गर्नु पर्ने विरामीहरुको उपचार नगरी रेफर गर्नुपर्ने बाध्यतात्मक अवस्थामा अस्पताल पुगेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय