
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-१ लक्ष्मीझारको कान्छिचौक पुर्वमा रहेको झोलुङगे पुल यतिबेला सामाजिक संजालमा “उर्लाबारीको लण्डन ब्रिज” का नामले चर्चित भएको छ ।
बर्खाको समयमा उर्लाबारी-१ को सिरान बस्ती कान्छीचौक, आइतबारे, लक्ष्मीझार, माने, कोपीलाचौक, सानो कत्लेमा बसोबास गर्नेहरुलाई वडाकार्यालय सम्म पुग्नका लागि सकस थियो ।
सो स्थानमा पुल नहुदा त्यहाँका स्थानियहरु दैनिक जसो वडाकार्यालय जान किसान चौक, उर्लाबारी हुदै, झारसादीमा रहेको वडाकार्यालय पुग्नको लागि १२ किलोमिटर भन्दा बढीको घुमारो बाटोको प्रयोग गर्न बाध्य थिए ।
स्थानियहरुले लामो समयदेखी खेपीरहेको सो समस्यालाई समाधान गर्न तत्कालिन समयमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको पहल र वडा नम्वर-१ का वडाध्यक्ष मच्छिद्र कार्की र स्थानियहरुको सहयोगमा सो स्थानमा झोलुङगे पुल निर्माण भएको हो ।
करिव २ वर्ष अगाडीदेखी निर्माण कार्य थालिएको सो पुलको अहिले लगभग ८० प्रतिशत भन्दा बढी कार्य सम्पन्न् भएको छ । भने पुलबाट आवतजावत हुन थालेको छ ।
यतिवेला सो पुल सामाजिक संजालमा “उर्लाबारीको लण्डन ब्रिज” का नामले चर्चा पाएसगै यो पुललाई उर्लाबारीको एक चिनारीका रुपमा हेर्न थालिएको छ ।
स्थानियहरुका लागि आवतजावतमा सहज होस भन्ने हेतुले सो स्थानमा पुल निर्माण भएको भएतापनि यतिवेला सो पुलको बनावट र सौर्दयताले सामाजिक संजालमा स्थान पाउने गरेको छ ।




उर्लाबारीको चिनारीका रुपमा यस अघि रहेका उर्लाबारी-२ को बेतेनी सिमसार, लामपाते सिमसार, बासेचौरी सिमसार सगै अव उर्लाबारीको बक्रा खोलामा निर्माण भएको यस झोलुङगे पुलले पनि “उर्लाबारीको लण्डन ब्रिज” का नामले उर्लाबारीकै चिनारी थप्नेमा सो स्थानका युवा व्यवसायी निरोश श्रेष्ठ बताउछन् ।
श्रेष्ठले आफ्नो सामाजिक संजालमा “उर्लाबारीको लण्डन ब्रिज” को डिपीआर भैरहेको बेलाको तस्बीर पोष्ट गर्दै लेखेका छन् “यो पुललाई लण्डन ब्रिज भन्छन्, पुल निर्माणका लागि पहल गर्ने जनप्रतिनिधि निर्माण पक्ष लगाएत सवै नगरबासीलाई धेरै-धेरै धन्यवाद!”
सामाजिक संजालमा यतिबेला “उर्लाबारीको लण्डन ब्रिज” का नामले चर्चा पाएसगै पुल सगै सो स्थानको पनि चर्चा सगै हुनेमा आफु आशावादी रहेको उनले बताए । साथै उनले पुललाई उर्लाबारीको चिनारीका रुपमा आगाडी बढाउन आफु सगै स्थानिय युवाहरु समेत लागि पर्ने उनले बताए ।
यतिबेला सो पुलको सौर्दयताले जो-कसैको पनि ध्यान खिच्ने गरेको छ । पुर्वी मोरङको मिक्लाजुङ गाउपालिकाको पहाडी भुभाग टाँडी हुदै रमिते जाने बाटोमा पर्ने सो “उर्लाबारीको लण्डन ब्रिज” मा दैनिक जसो बाटो हिँड्नेहरु मात्रै नभएर पुलमा फोटो खिच्ने, टिकटक बनाउने मानिसहरुको उपथिती हुने गरेको छ ।
जसले गर्दा पुल सगै उर्लाबारीको पनि चर्चा सामाजिक संजालमा थपिएको छ । यो समग्र उर्लाबारी बासीका लागि खुसीको कुरा भएको स्थानियहर बताउछन् ।
टाँडीको नेसेलुङ डाडामा रहेको “टाडी टावर” बाट उर्लाबारी, दमक लगाएतका तराइको फाँटीलो दृश्य हेर्न जानेहरु र तराइको उखरमाउलो गर्मी छल्न मिक्लाजुङ-१ को रमिते जानेहरुले सो पुलको दृश्यअवोलकन गर्ने गरेका छन् ।