पथरी, ९ असोज । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम ईन्ट्र अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेफिाईनल समिकरण पुरा भएको छ ।
हिजो भएको अन्तीम क्वाटरफाईनल खेल बिग्रेड ब्वाईज काठमान्डौ र सिराहको सहलेस फुटबल क्लबका विचमा भएको थियो ।
निर्धारित समय १-१ गोलको बराबरीमा समाप्ती भएपछि दुवै टोलीको नतिजा ट्राईबेकरबाट लिएको थियो ।
ट्राईबेकरमा काठमाडौंको बिग्रेड ब्वाइज क्लबसँग ४-२ ले पराजित भएसगै सहलेस प्रतियोगिता बाट बाहिरीएको छ ।
योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। बिग्रेडले फाइनल प्रवेशका लागि झापा ११ सँग बिहीबार खेल्ने छ । सहलेसका उमेश कार्की र बिग्रेडका आशिष् राईले गोल गरे ।
हिजो भएको अन्तिम क्वाटरफाइनल खेलमा उमेशले २४औं मिनेटमा गोल गर्दै सलहेसलाई सुरुआती अग्रता दिलाएका थिए । मिलन राईले प्रहार गरेको फ्रिकिक बल बारमा लागेर फर्किएको थियो। त्यही बललाई उमेशले जाली चुमाए ।
बिग्रेड ६५ औं मिनेटमा खेलमा फर्कियो । आशिष्ले पेनाल्टीमार्फत गोल गरे । विदेशी खेलाडी इमानुएलले ब्रिगेडका भुवन बस्नेतलाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए ।
आशिष्ले प्रहार गरेको पेनाल्टी सलहेसका गोलकिपर रेम्बो चौधरीले बचाउन सकेनन्। निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलियो। सलहेसका उमेश कार्की र शिशिर लेखिको प्रहार बाहिरिँदा अमन लामा र मिलन राईले गोल गरे। ब्रिगेडका गौरव महर्जन, एक्सन लिम्बू, दिवाकर चौधरी र आशिष् राईले गोल गरे। खेलको म्यान अफ द म्याच ब्रिगेडका आशिष् घोषित भए ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजित गोल्डकपको आयोजना पथरी-११ फुटबल क्लवले गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।
पथरी शनिश्चरे-१, जाँते मोडको प्रस्तावित पथरी रंगशालामा भएको प्रतियोगितामा प्रथम र दोस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः ३ लाख र २ लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने पथरी-११ फुटबल क्लवका अध्यक्ष सुमन विकले बताउनु भयो ।
बुधवार (आज) संकटाले सेमिफाइनलमा आयोजक पथरी ११ सँग प्रतिस्पर्धा गर्ने गोल्डकप संयोजक जितन राईले बताउनु भयो ।
ADVERTISEMENT