किसोर निरौला/ मधुमल्ला । नेकपा एमाले मिक्लाजुङले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रका खोलाहरुबाट नदी जन्य पदार्थको चोरी निकासी भएको जनगुनसो आएको भन्दै मिक्लाजुङ गाउँपालिकालाई मंगलबार ध्यानकर्षणपत्र बुझाएको छ ।
मिक्लाजुङ गाउँपालिकामा क्षेत्रका जनसरोकारका बिषयहरुलाई सम्बोधन गर्दै एमाले मिक्लाक्लाजुङले ध्यानाकषण पत्र बुझाएको हो । मिक्लाजुङ क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ ढुङ्गाको चोरी निकासी भई बाहिर गइरहेको भन्ने जन गुनासो आएकाले नदिजन्य पदार्थको चोरीनिकासी रोक्न पालिकालाई ध्यानाकर्षण गराइएको एमाले मिक्लाजुङले जनाएको छ ।
यस्तै मिक्लाजुङ गाउँपालिकामा यस अघि सेवा करारमा रहेका कर्मचारीहरुलाई करार नविकरण नगरी अवकास दिइएर पुर्वाग्रही तवरले कार्य गरेकाले र पालीकाले नीति, विधी र पद्धतीलाई मिच्दै मनोपोली तवरले कार्य गरेको प्रती नेकपा एमाले मिलाजुङको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
साथै अवकास दिएका कर्मचारीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाई कार्य सञ्चालन गर्न ज्ञापन पत्रमा भनीएको छ । यस्तै एमाले मिक्लाजुङले मिक्लाजुङ गाउँपालिकालाई स्थानीय सरकार सञ्चालन ऐन, कार्यविधी र संविधान विपरित कार्य नगर्न ध्यानकर्षण गराएको हो । साथै ध्यानाकर्षण पत्रलाई वेवास्ता गरी सुधार नगरे नेकपा एमाले मिक्लाजुङ गलत कामहरुको भण्डाफोर गर्दै सशक्त रुपमा प्रतिकारमा उत्रने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मंगलबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राई र उपाध्यक्ष दीनेश पौडेललाई नेकपा एमाले मिक्लाजुङले ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र नेकपा एमाले मिक्लाजुङका सचिब नविन कार्कीले बाचन गरेर सुनाएका थिए । यस्तै नेकपा एमाले मिक्लाजुङ गाउँ कमीटी अध्यक्ष बुद्धीमान इम्सोङलले आफ्नो मन्तव्य सहित ध्यानकार्षण पत्र बुझाएका थिए । पत्र बुझ्दै मिक्लाज्ुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले पालीकाले नीति बिधी र कार्य विधीलाई आधार मानेर कार्य गरेको बताए । साथै नदीजन्य पादार्थको हकमा स्टोक प्रमाणीत गरी बैध तवरले ओसारपासार भइरहेको उनले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष बबि कुमार राईले नदीजन्य पदार्थको वसार पसारमा स्टोक प्रमाणीत बिना ओसारपसार गरेको पाइएमा कार्वाही गरीने र त्यस्ता सवारीलाई नियन्त्रणमा लिन सहयोग गर्न अपील गरेका थिए । साथै करारका कर्मचारीहरुको हकमा उनीहरुको कार्य सम्पादन मुल्याङकनका आधारमा अवकास दिइएको बताए । यसमा कुनै पक्षपात नगरेको र कुनै आग्रह वा पुर्वाग्रह नरहेको अध्यक्ष राईले बताए ।
कार्यक्रमा नेकपा एमाले मिक्लाजुङका इन्चार्ज नरेन्द्र प्रसाद ढुङ्गेल, पुर्व गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, नेकपा एमाले मिक्लाजुङका नेता डील्ली प्रसाद खतीवाडाले आ-आफ्नो धारण रखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय