उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत फिजिसियन डाक्टर र अस्पतालका ४ जना नर्सको एकै साथ सरुवा भएपछि अस्पताल विरामी रिफर केन्द्र बनेको छ ।
अस्पतालमा फिजिसिनका रुपमा कार्यरत डाक्टरलाई प्रदेश-१ सरकार स्वास्थ्य मान्त्रालय मार्फत सरुवा गराई कोशी कोभिड अस्पताल विराटनगरमा खटाइएको छ भने उर्लाबारी नगरपालिका मातहत रहेका ४ जना स्टाप नर्सलाई नगरपालिकाले फिर्ता बोलाएपछि अस्पतालमा उपचारका लागि आउने विरामीहरु मर्कामा परेका हुन ।
गत चैत २५ गते मात्रै मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा हाजिर भएका डाक्टरको ३ महिनाको अन्तरालमा सरुवा हुदा उपचारका लागि आएका विरामीहरुले सास्ती मात्रै खेप्नु परेको छैन् फिजिसियन डाक्टर नहुदा दैनिक रुपमा प्रयोग गरिने सुगर, प्रेसर, दम रोगिका विरामीहरुले खाने औषधीको मात्रा निर्धाणरमा समेत असर परेका कारण अस्पतालमा आउने विरामीहरुलाई रिफर गर्नुको विकल्प नभएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रदेश-१ सरकार मातहत रहेको अस्पतालाई, प्रदेश सरकारले प्रदेश-१ कै नमुना ट्रमा सेन्टरका रुपमा विकास गर्ने घोषणा भाषणमा गरेको भएतापनि एक जना मात्रै फिजिसियन डाक्टरको भरमा रहेको अस्पतालमा विगत ५ दिन देखी डाक्टर विहिन बन्दा सयौको संख्यामा ओपिडी र आक्समिक उपचारमा आउने विरामी मर्कामा पर्ने गरेका छन् ।

अस्पतालमा दैनिक जसो ओपिडी सेवा लिने ४ सय भन्दा बढी र आक्समिक सेवा लिने २५ भन्दा बढी औषधमा विरामी आउने गरेतापनि अस्पतालमा फिजिसियन डाक्टरको अभाव भएपछि अस्पतालले विरामीलाई रिफर गर्नुको विकल्प नभएको अस्पतालका एक कर्मचारीले बताए ।
अस्पतालले पुर्वी मोरङको उर्लाबारी, रतुवामाई, सुनवर्षी, लेटाङ, पथरीशनिश्चरे, बेलबारी नगरपालिका, कानेपोखरी, मिक्लाजुङ गाउपालिका लगायत पहाडी जिल्ला पाँचथर र धनकुटाको तल्लो भेगका जनतालाई सेवा दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय