सुन्दरहरैँचा । नेपाली काङ्ग्रेस प्रदेश नं १ ले सुन्दरहरैँचाका निवर्तमान मेयर शिवप्रसाद ढकाललाई प्रदेश सदस्यमा मनोनित गरेको छ ।
ढकाललाई चैत २१ गते प्रदेश कमिटिका सभापति उद्धव थापा नेतृत्वको टिमले सदस्यमा मनोनित गरेका हो ।
ढकाल नेपाली काङ्ग्रेसका पुर्व जिल्ला सहसचिव समेत हुन । उनी १४ औ महाधिवेशनमा मोरङ जिल्ला कमिटिको सचिवमा पराजित भएका थिए । ढकाल देश भरकै लोकप्रिय मेयर भए पनि पार्टीको आन्तरिक कलहले उनले मेयरमा पुनः हार बेहोर्नु परेको राजनीतिक वृतमा चर्चा छ ।
नेपाली कांग्रेस मोरङको राजनीति लाई राम्रो सग बुझेका ढकाल पार्टी सभापति शेरबहादुर देउवा नजिकका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय