उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी नगरपालिका–८ निवासी शुशिल लिम्बु मंगलबार बिहान आफ्नै घरको आँगनसँग जोडिएको धानखेतमा मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार लिम्बु धानखेतमा घोप्टो परेको अवस्थामा देखिएका लिम्बुलाई उनका दाजु र काकाले उठाउने प्रयास गर्दा उनि मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी गराईएको, प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार मृतकको नाकको दायाँ प्वालबाट रगत बगेको, हातखुट्टा कक्रिएको अवस्थामा शव फेला परेको बताउनु भयो
प्रारम्भिक अवस्थाबाट मृत्युको कारण स्पष्ट नभएकाले घटनालाई शंका जनाउँदै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाल शवको मुचुल्का संकलन गरी पोष्टमार्टमका लागि प्रक्रिया अघि बढाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप विवरण खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय