कुमार खड्का, उर्लाबारी, २५ भदौ । नेपाली सेनाको टोलीले आन्दोलन पश्चात देशको शान्तिसुरक्षाको जिम्मेवारी दिएको छ । अन्दोलनका नाममा भएका लुटपाट र चोरीडकैटीमा घटनाहरु बढेसगै अहिले उर्लाबारीको सुरक्षार्थ नेपाली सेना परिचालन भएको हो । न
नेपाली सेनाको टोलीले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा भएको आगजनी र लु्‌टपाट तथा नगरपालिकाको प्रशासनिक भवनमा अगजनीबाट पुर्‍याएको क्षति बारे जानकारी लिएको छ । साथै सेनाले कर्फुयु जारी रहेकाले भिडभाड नगर्न आमसर्वसाधरणलाई आग्रह पनि गरेको छ ।
साथै उर्लाबारीमा फेरी पनि लुटपाट हुन सक्ने अवस्थाको मध्यनजर गर्दै स्थानिय युवाहरुको अगुवाईमा ५ सय १ सदस्यीय रहने गरेको युवाहरुको समुह तयार पारीएको पनि नेपाली सेनालाई जानकारी गराईएको उक्त समुहका संयोजक प्रेम याख्खाले बताउनु भयो ।
उक्त समुहमा उर्लाबारी नगरपालिकाका नौ वटै वडाबाट युवाको समुह बनाएर गठन गरिएको बताईएको छ ।
उक्त समुहले सुरक्षा निकाय सग समन्वय गरी रात्रिकालिन रुपमा सरकारी कार्यालय, बैक वितीय सस्था र व्यावसायीको धनजनको सुरक्षाका लागि सहयोगी भुमिका निर्वाह गर्ने उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग बहादुर फागोले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय