
उर्लाबारी, भदौ २८ । जेनजी आन्दोलनका क्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रर्दशनकारीहरुले आगजनी र तोडफोड गरी क्षति पुर्याएको भवनको पुनः निर्माणका लागि आर्थिक सहयोग अभियान थालनी गरिएको छ ।
आन्दोलनका क्रममा भदौ २४ गते राति प्रर्दशनकारीहरुको भिड प्रहरी कार्यालय भित्र प्रवेश गरी प्रहरीको व्यारेकमा आगजनी र तोडफोड गरी हिरासतमा रहेका १६ जना कैदीबन्दीलाई भगाएका थिए ।
सोही समुहले उनिहरुलाई भगाएर प्रहरी बस्ने व्यारेकमा आगजनी र लुटपाट मच्चाउन थालेपछि प्रहरीहरु हातहतियार लिएर कार्यालय छोडी हिड्नु परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक रञ्जन बरालले बताउनुभयो ।
प्रहरी निरिक्षक बरालले राज्यले अर्को व्यावस्था नगरे सम्म स्वतर्स्फुत रुपमा सहयोग गर्ने सहयोगी मनहरुका लागि ईलाका प्रहरी कार्यालय स्वागत गर्न तयार रहेको बताउनु भयो ।
अहिले अवस्था समान्यकरण हुदै गएपछि प्रहरी कार्यालयको पुननिर्माणका उर्लाबारी युवा सुरक्षा समितीको पहलमा स्थानिय होटल व्यावसायी प्रकाश देवानले १ लाख रुपैया सहयोग गर्नु भएको सुरक्षा समितीका सयोजक प्रेम याख्खाले बताउनुभयो ।
उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोको पहलमा गठन भएको उक्त समितीले अहिले सुरक्षा निकाय सग समन्वय गरी शान्तिसुृरक्षा व्यावस्थापनका लागि उर्लाबारीमा रात्रीकालिन र दिवाकालिन रुपमा युवाहरु परिचान गरी काम गर्दै आएको छ ।
फागोले जेनजी आन्दोलनबाट देशले परिर्वतनकारी छालाङ मार्ने अवस्था आएपनि आन्दोलनकै क्रममा भएका जनतालाई शान्तिसुरक्षा कायम गराउने निकाय र अन्य अठ्ठाहरुको पुन निर्माणमा युवा शक्ति जुट्न आवश्यक रहेको बताउनुभयो ।
उर्लाबारीमा लामो समय देखी सेवायो होटल संचालन गर्दै आएका प्रकाश देवानले आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितीबाट उत्पन्न भएको आगजनी र तोडफोडबाट प्रहरी कार्यालयमा क्षति पुगेको भएतापनि जनजिवन सामान्यिकरण हुदै जादा शान्तिसुरक्षा र अमन चयनका लागि तिनै निकायहरु आवश्यक पर्ने भएका कारण विध्वन्स बनेका संरचानाहरु पुन निर्माण गर्न सवै प्रकारको सहयोगको आवश्यता रहेका कारण सक्ने सहयोग गरेको बताउनु भयो ।
जेनजी युवा पुस्तको आन्दोलनका क्रममा उर्लाबारीमा ईलाका प्रहरी कार्यालय मात्र नभएर उर्लाबारी नगरपालिकाको कार्यालय, ९ वटै वडाका वडा कार्यालय, हुलाक सेवाको कार्यालय लागएतका अन्य सरकारी र गैरसरकारी सस्थामा तोडफोड र आगजनी भएतापनि नागरिकको सुरक्षार्थ खटिने नेपाल प्रहरीको कार्यालय पुनः निर्माणका लागि उर्लाबारी उद्योग वाणिज्य सघको समेत पहलमा उक्त अभियानामा साथ दिन विष्णु लक्ष्मी तिर्थ यात्रि सस्थाबाट पनि २५ थान कुर्षी सहयोग गरिएको संघका उद्योग उपाध्यक्ष सुनील बोहोराले बताउनु भयो ।
जेनजी युवा पुस्तको आन्दोलनका क्रममा उर्लाबारीमा ईलाका प्रहरी कार्यालय मात्र नभएर उर्लाबारी नगरपालिकाको कार्यालय, ९ वटै वडाका वडा कार्यालय, हुलाक सेवाको कार्यालयमा तोडफोड र आगजनी भएको छ भने मदन भण्डरी प्रतिष्ठान नेपालको पर्खाल भत्काइनुका साथै, मदन भण्डारी अस्पतालको गेट र उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खेरलको निजी घरमा तोडफोड भएको छ ।
भत्कीयका संरचना पुनः निर्माणका लागि उर्लाबारीमा थालनी गरिएको काम एउटा उदाहरणीय काम हो यसै गरी देशै भर युवाहरु जुट्दै जाने हो भने ध्वस्त भएका संरचना देशको नया जनादेश सगै उठ्ने छन् र अनि नेपाल देशको मुहार चन्द्रसुर्य झण्डा सगै फेरी मुस्कुराउने छ ।



