उर्लाबारी, २ असोज । गत भदौ २३ र २४ गते देशव्यापी रुपमा चलेको जेनजी आन्दोलनका क्रममा अराजकता मच्चिएपछि ध्वस्त बनेको उर्लाबारी–२ को वडा कार्यालय संचालन र पुनः निर्माणका लागि स्थानियहरु जुटेका छन् ।
भदौ २४ गते रातिको समयमा जेनजी आन्दोलनका नाममा उर्लाबारी नगरपालिकाको प्रमुख प्रशासकिय भवन सहित ९ वटै वडका वडाकार्यालयमा तोडफोड र आगजनी गरी ध्वस्त वनाएपछि अहिले आम नागरिकका दैनिकी कामकार्वाही गर्न सकस भएको छ ।
सोही कुरालाई मध्यनजर गर्दै वडा नम्वर–२ को आव्हानमा स्वतर्स्फुत भेला भएका स्थानिय संघ सस्थाका प्रतिनिधी, नागरिक समाज र आम नागरिकको भेलाले, नगद तथा जिन्सी सहयोग गरी कार्यालय पुनः स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको वडा नम्वर–२ का अध्यक्ष राजन कुमार कडेलले बताउनुभयो ।
तत्काल कार्यालय संचालनका लागि सुनझोडा मावि, सुनपकुवा मावीबाट कार्यालय स्थापनाका लागि आवश्यक पर्ने एक/एक थान कमप्युटर, प्रिन्टर सहयोग प्रदान गरिएको सचिव दिपक क्षेत्रीले बताउनुभयो ।
यस्तै वडा कार्यालय पुनः स्थापना र सेवा संचालनका लागि उर्लाबारी–२ मा रहेका सवै चर्जहरुको सहयोगमा १७ हजार ५ सय ६० मुल्य बराबरको टेवल, कुर्षी लगाएतका सामाग्री सहयोग गरिएको मोहन राईले बताउनु भयो, यसै गरी सुनझोडा माध्यमिक विद्यालयका प्रअ मुकुन्द निरौलाबाट नगद ५ हजार, खेमराज कोइरालाबाट एक थान दराज, रुद्र बरालबाट एक थान दराज, प्रगति सामुदायि वनको तर्पबाट एक थान दराज, गोविन्द कार्कीबाट २ थान फेन, वडा सदस्यबाट ९ हजार आर्थिक सहयोग, शिवालय मन्दिर बहुउदेश्य कृषि समुहबाट २० हजार बराबरको सहयोग, यसै गरी उर्लाबारीमा खोला तटबन्धनका क्षेत्रमा काम गर्दै आएको जापानी सस्था आर, एन, एन को तर्फबाट कार्यालय पुनः स्थापना र संचालनका लागि आवश्यक सहयोगको लागि पहल गर्ने प्रतिवद्धता भएको छ ।
साथै उर्लाबारी–२ मा रहेका सालबारी सामुदायिक वन, सृजना सामुदायिक वन, सुनझोडा सामुदायिक वन, बेतेनी सामुदायिक वन, प्रगतिशिल सामुदायिक वन लगाएतका सस्थाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको वडाध्यक्ष कडेलले बताउनु भयो ।
यस्तै टोलविकास समितीको तर्फबाट पनि सवै टोलविकास समुहका अध्यक्षहरुले आवश्यक छलफल गरी वडालाई आवश्यक पर्ने जिन्सी सामाग्री खरिदका लागि आर्थिक संकलन गरी सहयोग गर्न प्रतिवद्ध रहेको सृजना टोल विकास समितीका अध्यक्ष शेरबहादुर भण्डारीले बताउनु भयो ।
आगजनी र तोडफोडबाट हाल नागरिकलाई सेवा प्रवाह संचालनका लागि वडाले आधारभुत स्वास्थ्य कार्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । वडाले स्वतर्स्फुत सहयोग गर्न चाहने आम नागरिकका लागि स्वागत गर्न तयार रहेको जनाएको छ ।
वडा कार्यालयको पुनर्निर्माण र कार्यालय पुनः स्थापना एक मिसाल बनेको छ । यस घटनाले नेपाली समाजमा सहयोग र एकताको महत्त्वलाई पुनः जागरुक गरेको छ । यदि यस्तो ऐक्यबद्धता र जिम्मेवारीका साथ काम जारी रह्यो भने, वडा कार्यालय मात्र नभएर नेपालका अन्य क्षतिग्रस्त स्थानहरू पुनः बनाइनेछन् र नयाँ जनादेशका साथ राष्ट्रको भविष्य उज्जवल हुनेछ । हामी सबै मिलेर राष्ट्रको निर्माणमा योगदान पुर्याउन सक्छौं ।








