उर्लाबारी, १९ असोज । पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडकखण्डमा शनिबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा उर्लाबारीकी मनिषा कार्की सहित ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे.१ ज. ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो करिब १२ः०० बजे अनियन्त्रित भई सडकबाट दाहिनेतर्फ झरेर तमोर खोलाको किनारमा करिब ३०० मिटर तल खस्दा युना तामाङ, बिनोद लुङवा, धन कुमार लिम्बु, अभिशेक खेदम लिम्वु र गिता हाङगामको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये ५ जना ताप्लेजुङ मेरिङ्देन–५ का २२ वर्षीय महेश लिम्बु, मिक्लाखोला–४ की २५ वर्षीया मनु सावा लिम्बु, कालीखोला बस्ने ७ वर्षीय अनिश लिम्बु, सुनसरी इटहरी–७ का ३५ वर्षीय महेश गुरागाई, ताप्लेजुङ मेरिङ्देन–५ का २५ वर्षीय बिमल लिम्बुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने ५ घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
यस्तै, घाईते मध्ये ताप्लेजुङ मिक्लाखोला–४ का ३० वर्षीय संजोहाङ लिम्बुको झापामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय