उर्लाबारी, २० बैशाख । मोरङको उर्लाबारीमा बैशाख २० गते आईतबार देखी दुई पाङ्ग्रे सवारी साधन प्रेमीहरूका लागि स्मार्ट एक्स्चेन्ज अफर सुरु भएको छ ।
दुई पाङ्ग्रे सवारीको दुनियामा छुट्टै पहिचान र विश्वसनीयता सहित आधुनिक प्रविधिका लागि चर्चित मानिएको त्ख्क् :यतयच ऋयmउबलथ का स्कुटर तथा मोटरसाइकलहरूमा विशेष छुट सहित दुर्गा ईन्टरप्राईजेज दमकले ५ दिने “स्मार्ट एक्स्चेन्ज अफर” उर्लाबारी चौकमा संचालनमा ल्याएको हो ।
टिभिएस ब्राण्डले नेपाली बजारमा भरपर्दो इन्जिन क्षमता, उत्कृष्ट माइलेज, आधुनिक डिजाइन र नयाँ प्रविधिका कारण छुट्टै छवि बनाएको छ । युवा पुस्तादेखि परिवारमुखी प्रयोगकर्तासम्म सबैको रोजाइमा पर्न सफल टिभिएसका नयाँ मोडलहरू पनि यस अवसरमा प्रदर्शनमा राखिएका छन् ।


आयोजकका अनुसार कार्यक्रम स्थलमै सवारी परीक्षण (टेस्ट राइड), फाइनान्स स्वीकृति र विभिन्न उपहार योजनाहरू पनि रहनेछन् । उर्लाबारी तथा आसपासका क्षेत्रका ग्राहकहरूले यो अवसरलाई आफ्नो सपनाको सवारी घर लैजाने सुनौलो मौका बनाउन सक्ने दुर्गा इन्टरप्राइजेजले जनाएको छ ।
बैशाख–२० गते बाट सुरु भएको यो कार्यक्रम बैशाख–२५ गते सम्पन्न हुने छ । उर्लाबारी नगरपालिकाको मुख्य चौकको दक्षिणपट्टि, इटहरा रोडसँगै आयोजित कार्यक्रमको औपचारीक उद्घाटन उर्लाबारी उध्योग वाणिज्य सघका महासचिव सम्झना आचार्यले गर्नुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै महासचिव आचार्यले उर्लाबारीमा त्ख्क् :यतयच ऋयmउबलथ ले पहिलो पटक व्यापक छुट र विभिन्न अफर सहित उर्लाबारी र आसपासका उपभोक्तालाई लक्षित गरी ल्याएको कार्यक्रमको भरपुर फाईदा लिन उर्लाबारीका व्यावसयी र आम उपभोक्तालाई आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका बिशिस्ठ अथिती उर्लाबारीका युवा व्याबसायी सचिन शाक्यले ग्राहकले पुरानो सवारीको उचित मूल्यांकनसँगै ६ हजारदेखि ५ लाख रुपैयाँसम्मको अतिरिक्त क्यास डिस्काउन्ट सुविधा प्राप्त गर्न सक्ने यो अफर सीमित अवधिका लागि सञ्चालन हुने भएकाले नयाँ सवारी खरिद गर्न इच्छुक ग्राहकहरूलाई ठूलो आर्थिक राहत प्राप्त हुने बताउनु भयो ।


यस्तै सन्चार क्लब नेपालका अध्यक्ष घनश्याम भन्डारीले एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्कुटर वा मोटरसाइकल साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सकिने सुनौलो अवसर उर्लाबारीमा त्ख्क् :यतयच ऋयmउबलथ ले पहिलो पटक ल्याएको बताउनुभयो ।
कार्यक्रममा सहभागी ग्राहकहरूले ५ वर्षसम्मको फ्री पेट्रोल स्किम, हरेक दिन अधिकतम ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, नागरिकताको आधारमै तुरुन्त फाइनान्स सुविधा, न्यूनतम २ हजार ९ सय ६७ रुपैयाँबाट सुरु हुने सहज किस्ता (भ्ःक्ष्) योजना, साथै फ्री हेल्मेट प्राप्त गर्ने दुर्गा इन्टरप्राइजेज दमकका म्यानेजिङ डाइरेक्टर बालचन्द्र कार्कीले बताउनु भयो ।
एक्स्चेन्ज अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्कुटर वा मोटरसाइकल साटेर नयाँ टिभिएस सवारी खरिद गर्न सकिनुका साथै एक्स्चेन्ज मूल्यांकनमा पनि विशेष प्राथमिकता दिईने त्ख्क् :यतयच ऋयmउबलथ ले जनाएको छ ।


सीमित अवधिका लागि सञ्चालन हुने यो अफरले नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूलाई ठूलो आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिनुका साथै “स्मार्ट एक्स्चेन्ज अफर” ले उर्लाबारी क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधनलाई बजारलाई थप चलायमान बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय