उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-३ मा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रहेको एम्वुलेन्स अस्पताल संचालक समितीको मिलेमतोमा विराटनगर पुर्याइएको पाइएको छ ।
मदन भण्डारी अस्पतालका लागि भनेर युनएचसिआरले दानमा दिएको टोयटा ब्राण्डको एम्वुलेन्सलाई अस्पताल संचालक समितीको सिफारिसमा विराटनगर स्थित कोशी कोभिड अस्पतालका लागि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगत त्यहाँ पुर्याउन समिति नै लागि परेको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रदेश सरकारले उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरसहित चार सरकारी अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स दिने निणर्य गरेको थियो । सोही अनुरुप सरकारले झापाको मेची अस्पताल, उदयपुर अस्पताल, र इनरुवा अस्पताललाई साउन १० गते एम्बुलेन्स प्रदान गरेको हो ।
सरकारले ४ अस्पताललाई एम्वुलेन्स प्रदान गरे पनि ति अस्पतालमा संचालनमा रहेका अन्य एम्वुलेन्स भने अस्पतालमै यथावत अवस्थमा रहेका छन् । तर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका संचालक समितीले नया एम्वुलेन्स सरकारले दिने भएपछि दानमा आएको पुरानो एम्वुलेन्सलाई आफ्नै पहलमा विराटनगर पुर्याउन सहयोग गरेको बताइएको छ । यस क्षेत्रको सरकारी अस्पताललाई दानमा दिएको एम्वुलेन्सलाई संचालक समितीले मनोमानी ढंगलले खर्चिलो भयो अस्पतालले खर्च धान्न सक्दैन भन्दै प्रदेश सरकार मातहत विराटनगर पुर्याउन लागि परेको स्रोतले बतायो ।
दातृ सस्थाले उर्लाबारी नगरपालिकाका बासीन्दाको सेवाका लागि अस्पताललाई दानमा दिएको एम्वुलेन्सलाई समितीकै पहलमा विराटनगर पुर्याउनु भन्दा पनि स्थानिय पालिकालाई बुझाउनु पर्ने माग राख्दै यतिबेला सो एम्वुलेन्सको स्थानिय स्तरमा खोजी भैरहेको छ ।
एम्बुलेन्स तत्कालिन उर्लाबारीका मेयर खड्ग फागोको पहलमा अस्पतालमा ल्याईएको थियो ।
प्रदेश सरकार मातहत अस्पतालको मुल संचालक समितीमा राजेन्द्र पौडेल, सिला भट्टराई, बिशाल आङदम्वे, मुक्ति न्यौपाने, भिष्मा रेग्मी रहेका छन् । भने पदेनमा जिल्ला समन्य समितीका अध्यक्ष अजम्वर राई, मोरङ जिल्ला प्रमुख, मोरङ प्रहरी प्रमुख, जनस्वाथ्य प्रमुख, उद्योग संगठन प्रमुख, नेपाल रेडक्रस सोसाइइटी, स्थानिय पालिका प्रमुख र कार्यालय प्रमुख रहने व्यावस्था छ ।