
उर्लाबारी । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा सेन्टरमा फिजिसियन डाक्टर नभएको लगभग महिनौ दिन विती सको तर डाक्टर कहिले आउछन् कसैलाई जानकारी छैन् ।
प्रदेश-१ सरकार मातहत रहेको पुर्वी मोरङकै ठुलो अस्पताल भनिएको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा यति बेला मेडिकल अफिसर अर्थात फिजिसियन डाक्टर नहुदा अस्पतालमा उपचारत विरामीहरु र उनिहरुका आफन्तहरुले सास्ती खेपीरहेका प्रसस्तै जनगुनासोहरु आउने गरेका छन् ।
विषेश गरी अस्पतालमा विमा मार्फत उपचार गराउन आउने विरामीहरुको संख्या उल्लेख्य रहेको छ । तर उनिहरुको उपचारमा समलग्न डाक्टरको अभावमा यति वेला विरामीहरुको स्वास्थ्य परिक्षण अस्पतालमा कार्यरत एमडिजिपीले गरिरहेका छन् ।
साधारणतया एमडिजिपीले आकस्मिक विभागमा भर्ना हुने विरामीहरुको स्वास्थ्य उपचार गर्ने भएतापनि हाल अस्पताल भने सोही डाक्टरको भरमा रहेको छ । आकस्मिक उपचार पश्चात वेड भर्ना भएका विरामीहरुको दैनिक स्वास्थ्य परिक्षण र उनिहरुले प्रयोग गर्ने औषधीको मात्रा र स्वास्थ्यको अवस्थाका बारेमा फिजिसियन डाक्टरले हेर्ने गर्दछन् तर अस्पतालमा फिजिसियन डाक्टर महिनौ देखी नहुदा विरामीहरु एमडिजिपीको भरमा औषधी सेवन गर्न वाध्य छन् । विरामीको यो बाध्यकारी अवस्थाप्रति नत अस्पताल प्रशासन नत स्थानिय सरकार नै गम्भिर छ !
अस्पताल डाक्टर विहिन भैरहदा यतिवेला उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल भने विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न भन्दै अस्पताल पुगेका छन् । डाक्टरको अभावमा पनि उपचार गराउन बाध्य गरिव जनताहरु मेयरको अनुहार हेरेर फुङ्ग बनेका छन् ।
मेयरले आएर विरामीहरुको अवस्थाबारे जनाकारी लिइसके पछि एक विरामीले भने-“मेयरले हाम्रो स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भयो एक किसीमले जाति नै लाग्यो तर म जस्ता धेरै विरामी यहा उपचार गराई रहेका छन् हामीलाई मेयरको उपस्थिती भन्दा पनि बढी अहिले डाक्टरको आवश्यता छ डाक्टरको व्यावस्था मिलाउन अस्पताल लागि दिए जाति हुन्थ्यो।”
प्राय जसो आर्थिक अवस्था कमजोर हुने र सामान्य सावा अक्षर चिन्ने नागरिकहरुले उपचार गराउने यो अस्पतालमा सेतो एप्रोन लगाएर आउने सवैलाई डाक्टर मान्ने मानसिकता उनिहरुमा भेटिन्छ । उनीहरु सेतो एप्रोन लगाएर आउने सवैलाई डाक्टर सा‘व नै भनेर बोलाउने गर्छन यो उनिहरुको कमजोरी हैन जिवनको बाध्यता पनि हो ।



