इटहरी । सुनसरीको इटहरी-४ बस्ने २१ वर्षीया श्रद्धा घिमिरेले आत्महत्या गरेकी छन् । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घिमिरेले सोमबार साँझ आत्महत्या गरेकी हुन् ।
आत्म हत्या गरेकी श्रद्दा दिदी भिनाजुकोमा बसेर इटहरीकै सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन पढ्दै आएकी थिइन् उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेको डिएसपी खड्काले बताए ।
उनका अनुसार सोमबार ३/४ बजेको समयमा फोन गर्दा फोन रिसिभ नभएपछि साँझ ५ बजेतिर कोठामा उनि मृत भेटिएकी थिईन् ।
साझको समयमा घिमिरेले ढोका नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा उनि भेटिएकी प्रहरीले जनाएको छ ।
मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको डीएसपी खड्काले बताए । आत्म हत्याको थप कारणबारे मृतकको मोबाइल जफत गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रेममा धोका भएपछि उनले आत्माहत्याको बाटो रोजेको बताईएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय