उर्लाबारी । मोरङको उर्लाबारीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा हुने भएको छ ।
भदौ ३ गतेका दिन पर्न गएको श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर हरेक वर्ष मनाईदै आएको जन्माष्टमी पर्वलाई यस वर्ष पनि हर्सोउल्लासका साथ मनाउने हेतुले श्रीकृष्ण रथ व्यावस्थापन नगर समितीको आयोजनामा भदौ ४ गते रथयात्रा निकाल्न लागिएको हो ।

भदौ ४ मा उर्लाबारी-७ मा रहेको राधाकृष्ण मन्दिरको प्राङगणबाट रथयात्रा सुरु गरि उर्लाबारीको स्कुलडाँडा, आइतवारे, फागो टोल, उर्लाबारी चौक, बरगाछी हुदै मन्दिरमा लगेर विर्सजन गर्ने योजना रहेको आज आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

उर्लाबारीमा निरन्तर १४ वर्ष देखी गरिदै आएको रथ यात्रालाई उर्लाबारीको गहना र गरिमाको रुपमा विकास गर्ने लक्ष्यका शनिवार २५ हजार भन्दा बढी भत्तजनहरुको उपस्थिती रहने गरी कार्यक्रमको आयोजना गरिएको आयोजक समितीकी अध्यक्ष सुशीला गौतमले बताईन ।

यस्तै कार्यक्रममा प्रस्तुत गरिने भजनकिर्तन, कृष्णको महिमा चरित्रको प्रवचन, पदयात्रामा सहभागि समुह मध्ये उत्कृष्ठ समुहलाई प्रथमलाई ४, दोस्रो लाई ३, तेस्रो लाई २ र चौथो हुनेलाई १ हजार सहित प्रमाणपत्रले सम्मान गरिने कार्यक्रम रहेको समितीका सचिव गजेन्द्र दंगालले बताए ।
कार्यक्रम संचालनका लागि आयोजक समितीले ३ लाख ७ हजार लागतको अनुमान गरेको छ । जसमा नगरपालिकाको १ लाख ५० हजार सहयोग रहेको छ भने अन्य अपुग रकम सहयोगी दाता र भेटी बापतको रकमबाट संकलन गरी कार्यक्रम समपन्न गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय