उर्लाबारी । जनता समाजवादी पार्टी (जसपा) ले मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ दुर्गाप्रसाद मगर र पूणर् कुरुम्बाङको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रामप्रसाद धिमाल ‘बाङ्गाई’ को नाम सिफारिस भएको जसपा उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले बताए ।
मोरङ क्षेत्र नं. १ (क) मा प्रत्यक्षतर्फ विशाल आङ्दम्बे, रामकुमार राई, सूर्यबहादुर माझी र सुनिता लिम्बूको नाम सिफारिस भएको छ ।
त्यस्तै, मोरङ क्षेत्र नं. १ (ख) मा प्रत्यक्षतर्फ छब चेम्जोङ र शान्ता राईको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सावित्रा याक्खा, शुक्रमणी सन्थाल र बबिता दनुवारको नाम सिफारिस भएको हो ।
मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरुको सिफारिस गरिएको प्रदेश नं. १ का सदस्य विशाल आङ्दम्बेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय