जोखिमबाट बच्ने पुर्व तयारीस्वरूप उर्लाबारी वडा नम्बर ३ को वडा कार्यालयको संयोजनमा बुधबार अग्नि नियन्त्रक यन्त्र ( फायर एक्सटिंग्विशर) वितरण गरिएको छ ।

बुधबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच वडाभित्र व्यवसाय संचालन गर्दै आएका २५ जना व्यपारीहरुलाई वडाले ६० प्रतिशत छुटमा उक्त सामग्री वितरण गरेको वडाध्यक्ष भिष्मराज बुढाथोकीले जानकारी दिए ।

यसअघि पहिलो चरणमा गत फागुन ३ मा वडामा अवस्थित अस्थाई प्रहरी चौकी, सामुदायिक वन, निजी तथा सामुदायिक विद्यालय, टोल विकास संस्थालगायतलाई नि:शुल्क फायर एक्सटिंग्विशर उपलब्ध गराइएको थियो।

३ नम्बर वडा कार्यालय तथा दातृ संस्था साप्ला निर र आरआरएनको संयुक्त सहयोगमा अग्नि नियन्त्रक यन्त्र वितरण गरिएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताए ।

वडाले गत मंसिर १९ मा वडाभित्र सञ्चालित पसल तथा व्यवसायीहरूले अनिवार्य रूपमा अग्नी नियन्त्रण यन्त्र राख्नुपर्ने निर्णय गरेको थियो । वडाध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको उक्त बैठकले वडामा सञ्चालित सबै किसिमका पसलहरुको नविकरण र नयाँ दर्ता गर्दा अग्नी नियन्त्रण यन्त्र राखेको अनिवार्य हुनुपर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय