उर्लाबारी, २४ चैत । नेपालमा भरखै मात्र एसईई सकिएको छ । एसईई पश्चात विद्यार्थीहरु सुनौलो शैक्षिक भविष्यको खोजीमा विभिन्न शहरका विभिन्न क्याम्पसहरु धाउने गर्दछन् ।
कतिपय क्याम्पसले अर्कषक शैक्षिक विज्ञापन गरेर कक्षा ११ मा विद्यार्थीहरु भर्ना गराउने होडबाजी पनि यहिबेला लागिरहेका हुन्छन् ।
विभिन्न सामाजिक संजाल र अनलाईनपत्रिका र अखवारहरुमा बडेमानका विज्ञापन गरेर विद्यार्थीहरुको ध्यान आफुतिर खिचिरहेका पनि हुन्छछन् ।
तर अव विद्यार्थीहरुले कुन क्याम्पसको विज्ञापनमा के छ भनेर मोबाईल कोट्याईरहुनु नपर्ने गरी मोरङको उर्लाबारीमा १२ कक्षा सरह मान्यता भएको एड्भान्स लेभल (ए लेभल) कोर्ष पढाई हुने भएको छ ।
संसारभर व्यवहारिक र सम्भावनामुखी शिक्षाका रूपमा चिनिदै आएको ए लेभल अध्ययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना रहेको छ ।
एसईई पछि अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुका लागि उर्लाबारी वल्र्ड एकेडेमीले शैक्षिक सत्र २०८१ बाट क्याम्ब्रिज विश्व विद्यालयको (ए लेभल) संचालन गर्न लागेको हो ।
ए लेभल अध्ययनका एसईईमा राम्रो ग्रेड नै लिनुपर्छ भन्ने छैन । जबकी यसले एउटा विश्वस्तरीय शिक्षाका लागि सुनौलो ढोका खोलिदिन्छ ।
पछिल्लो समय नेपालका ठुला शहर काठमान्डौ, पोखरा, नेपालगञ्ज, विराटनगर, धरान र ईटहरी जस्ता शहरहरुमा (ए लेभल) अध्यापन गराउने कलेजहरु खुलिसकेका छन् भने (ए लेभल) अध्यययनपछि नेपालसहित विश्वका धेरै विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाउने सम्भावना भएकाले पनि यसप्रति विद्यार्थीको आकर्षण बढेको छ ।
नेपालका ठुला र महगा शहरमा डेरा गरेर खर्चिलो अध्ययन गर्नुपर्ने कोशी प्रदेशका विद्यार्थीहरुको बाध्यतालाई ध्यानमा राखेर उर्लाबारी–६ स्थित सिमाना बस्तीमा रहेको उर्लाबारी वल्र्ड एकेडेमीले शैक्षिक सत्र २०८१ बाट क्याम्ब्रिज विश्व विद्यालयको (ए लेभल) संचालन गर्न लागेको हो ।
उत्कृष्ट अन्तराष्ट्रिय स्तरको भौतिक पूर्वाधार, अत्याधुनिक ल्याब र अन्तराष्ट्रिय शिक्षण विधिको अनुभव प्राप्त शैक्षिक समूहको संलग्नतामा कलेज हुँदैछ ।
(ए लेभल) कक्षा सञ्चालन गर्ने प्राविधिक साधन, प्रयोगशाला, पुस्तकालय, सभाकक्षलगायतको सदुपयोग गरी सिर्जनात्मक सोचाई तथा अन्य सिप बढाउने उदेश्यसहित इडुटेक ग्रुप नेपालले उक्त कलेज संचालन हुनेछ ।
विश्वका जुनसुकै ठाउँमा पनि एउटै प्रणालीबाट पठनपाठन हुने र नेपालको अध्ययनपछि विश्वका अन्य ठाउँमा जाँदा सहजै अध्ययन गर्न पाइने हुँदा विद्यार्थीहरु ए लेभलप्रति आर्कषित छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २÷२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ ।
त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने कलेजले जनाएको छ ।
कलेजले भर्ना हुने विद्यार्थीहरुलाई विभिन्न वर्कसप, अन्तराष्ट्रिय भ्रमणको अवसर, तालिम लगायतका अवसरहरु दिएर अन्तराष्ट्रिय स्तरका विद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्ने बनाउने लक्ष्य लिएको छ ।
कलेजमा साइन्स र नन साइन्सका कोर्ष गर्न सकिने र उक्त कोर्षमा ३ देखि ५ लाख शुल्कमा सबै कोर्ष सकिने पनि कलेजले जनाएको छ ।
एसईई दिएका विद्यार्थीहरुले उक्त कोर्षमा भर्ना हुन पाउनुका साथै कलेजले छात्रवृत्तिको समेत व्यवस्था गरेको कलेजका अध्यक्ष डा.ऋषिकेश वाग्लेले जानकारी दिनुभयो ।
परम्परागत घोकन्ते शिक्षालाई विस्थापित गर्दै व्यावहारिक शिक्षा दिनु यो पाठ्यक्रमको उद्देश्य भएको उहाँको भनाई छ ।
एडुटेक नेपाल ग्रुप, क्रितिका एजुकेशन फाउन्डेशनको सहकार्यमा उक्त कलेज सञ्चलनमा आउन लागेको हो ।
काठमाडौं विश्वविद्यालय र उर्लाबारी वल्र्ड एकेडेमीबिच विश्वविद्यालयको ल्याब स्कुलको रुपमा उर्लाबारी वल्र्ड एकाडेमी सञ्चालन गर्ने सम्झौता भएको छ ।
यो सम्झौता पछि काठमाडौं विश्वविद्यालयले यस विद्यालयमा विभिन्न शिक्षण तालिम, विद्यार्थीको क्षमता विकासको लागि विभिन्न परियोजना साथै काठमाडौं विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु समेत प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय