उर्लाबारी, ४ बैशाख । मोरङको उर्लाबारी-३ मंगलबारेमा दुर्घटनामा परी एक व्याक्तिको मृत्यु भएको छ ।
सोमबार राति करिब १० बजेतिर पश्चिमबाट पुर्व जादै गरेको मे ७ प ८४८० नम्वरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्करदिई अनियन्त्रित हुदा मोटरसाईकलमा सवार एक व्याक्तिको मृत्यु भएको हो ।
पैदलयात्रीलाई ठक्करदिई अनियन्त्रित भएको मे. ७ प. ८४८० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको डब्लुबी ७६ बी ०१११ नम्बरको ट्यांकरसँग ठक्कर खाएको थियो ।
ट्याङकर सग ठक्करखाएको मोटरसाईकलमा सवार मोरङको कानेपोखरी गाउपालिका-३ बस्ने वर्ष ३३ का धनबहादुर जोगीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मृतको एउटा खुट्टा चुडिएको अवस्थामा रहेको छ भने अर्को खुट्टा पुणर्रुपमा पेलिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्करदिएर अनियन्त्रीत बनेको मोटरसाईलमा सवार जोगी पैदलयात्रीलाई ठक्कर दिएको स्थानदेखी करिव ६५ मिटर टाढा उछिट्टिएर विपरीत दिशाबाट जादै गरेको ट्याङकरमा ठोकिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाईते बनेका जोगीको अस्पताल पुर्याउना साथ डाक्टरले चेकजाँच गर्दा १०ः१५ बजेतिर मृत घोषण गरेका थिए । उनको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको छ ।
घाईते पैदल यात्री उर्लावारी-३ मगरबारेका ४५ वर्षीय रामकिशोर चौधरीको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको छाती र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै,मोटरसाइकलमा सवार जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-३ बस्ने सोमनाथ जोगीका छोरा, मृतकका भन्जा १४ वर्षीय दर्पण जोगी मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल, ट्यांकर र ट्यांकर चालक भारतको पश्चिम बंगाल सिलगुडीबस्ने ३५ वर्षीय कम्लेशकुमार सिंह नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
ADVERTISEMENT