
पुर्व क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा परिचित उर्लाबारी वडा नम्बर ७ स्थित पशुपती आवासीय माध्यमिक विद्यालयले यस पटक पनि एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। यसपटकको एसईईमा देशका शैक्षिक संस्थाहरुले अपेक्षाअनुरुप नतिजा प्राप्त गर्न नसकेको अवस्थामा पशुपतीले भने उत्कृष्ट नतिजा हाँसिल गरेको छ ।
पशुपतीका अन्वेषा बस्नेतले ४ जिपिए ल्याउदै यसपटकको एसईई परिक्षामा उनी विद्यालय र उर्लाबारी नगरको टपर मात्र नभई नेपालभरीकै टप स्कोररमध्ये एकमा आफुलाई परिचित गराउन सफल बनेकी छिन् । उनले प्रप्त गरेको ४ जिपिए उर्लाबारी नगरभरिमै उत्कृष्ट जिपिए हो ।




यस्तै बस्नेतवाहेक एसईईमा सहभागी भएका अन्य विद्यार्थीको नतिजा समेत सन्तोषजनक भएको प्रिन्सिपल आनन्द कार्कीले बताए ।
वि.सं. २०३७ सालमा स्थापित सो विद्यालयले हरेक वर्ष एसएलसी र एसईई दुवै परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।
प्ले ग्रुपदेखि कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा हाल १ हजार ९ सय ६० जना बढी विद्यार्थी अध्ययनरत छन् ।
नियमित रुपमा पढाईकाअलवा अन्य विविध अतिरिक्त कृयाकलापहरु समेत संचालन गर्दै आएको सो विद्यालयमा यसपटक भने प्लस टुको लागि समेत राष्ट्रिय सेवा दलको क्याडेट तालिम संचालन गरिने भएको छ । प्रिन्सिपल कार्कीकाअनुसार यसपटक मोरङ जिल्लामै पहिलो पटक प्लस टु तहका विद्यार्थीहरुको लागि उक्त तालिम पशुपतिमा संचालन हुनेछ ।
यसैबिच पशुपतीमा प्लस टुमा शैक्षिक सत्र २०८१ को लागि विज्ञानसहित व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स र विजनेसलगायतका शैक्षिक कार्यक्रमहरुमा रजिष्ट्रेशन फाराम खुलाईएको कलेजका प्रिन्सिपल कार्कीले जानकारी दिए ।
यस्तै उनले नया शैक्षिक सत्रको प्रवेश परिक्षा आगामी असार २२ गते शनिबार हुने बताए ।
स्थापना कालदेखी नै पढाईका अलवा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउदै आएको उक्त कलेजले जिवन उपयोगी शिक्षा प्रदान गराउदै आएको छ ।