बिहाबार उर्लाबारी-५ स्थित अरनिको हस्पिटलमा कार्यरत डाक्टर मनिषकुमार यादव कोठामा मृत अवस्थामा भेटिएका छन् ।

हस्पिटल पछाडि सरिता धिमालको घरमा कोठा भाडामा लिई बस्दै आएका धनुषा औरही गाउपालिका- १ पुरनदहियाका ३५ वर्षिय डाक्टर यादव आज विहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रहरीकाअनुसार बिहान ८ बजे स्थानियले यादवको कोठाभित्रबाटै चुकुल लगाईएको अवस्थामा उनी अचेत अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनको कोठा फोडेर तत्काल अरनिको अस्पताल लगिएको जनाएको छ ।

यता अस्पतालले डाक्टर यादवलाई करिव ८:४० बजे मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए ।

प्रहरीले उनको शवलाई पोष्टमार्टमको लागि उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा लगिएको जनाएको छ ।

विगत डेढ वर्षदेखी उनी अरनिको हस्पिटलमा अल्ट्रासाउण्ड तर्फ कार्यरत रहेका थिए ।

प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय