आगामी पुषमा हुन लागेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङ जिल्लाको चुनावि सभामा उर्लाबारी-३ स्थित सनसाइन बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेन्द्र सुवेदिले अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् ।

प्याब्सन मोरङका वर्तमान उपाध्यक्ष समेत रहेका सुवेदिले आसन्न निर्वाचनमा जिल्ला अध्यक्ष पदमा आफ्नो बलियो उम्मेद्वारी प्रस्तुत गरेसँगै प्याब्सनमा आवद्ध विद्यालय संचालकहरुसँग छलफल र भेटघाटलाई तिब्रता दिएका छन्

प्याब्सन उर्लाबारीको कोषाध्यक्ष, अध्यक्ष हुँदै हाल जिल्ला उपाध्यक्ष समेत रहेका सुवेदि लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील रहेका छन् । सनसाइन बोर्डिङ स्कुलको संस्थापक प्रिन्सिपल समेत रहेका सुवेदिको नाम अन्य सामाजिक संस्थाहरुमा समेत उतिकै चर्चित छ ।

सुवेदिले वुद्धिचाल संघ मोरङ, रोटरी क्लब अफ उर्लाबारी, सुन्दर फूल साकोसलगायतका संस्थाको सफल नेतृत्व गरेका छन् ।

आफुले नेतृत्व गरेको संगठनमा निरन्तर क्रियाशील रही प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको बताउँदै सुवेदिले प्याब्सनको नगर र जिल्ला समितिका विभिन्न पदमा कार्य गरेको सफल अनुभवले आफु अध्यक्षका लागि योग्य रहेको दाबी गरेका छन् ।

यस्तै उनले जिल्लामा प्याब्सन आवद्ध विद्यालयका संचालकहरुको साथ र सहयोग रहने अपेक्षा गरेको बताउदै उनले आफु निर्वाचन प्रकृयामा सहभागि हुने बताए ।

वि.सं. २०४७ सालमा स्थापित प्याब्सन मोरङमा सुवेदि वि.सं. २०६८ सालदेखी आबद्ध रहेका छन् ।

अध्ययनशील, शालीन र भद्र स्वभावका सरल जिवनशैली रुचाउने सुवेदि एक वैचारिक नेता हुन् जसले प्याब्सन मोरङको नेतृत्व लिई यसमा आवद्ध विद्यालयहरुको संस्थागत वृद्धि विकास र गुणस्तर बढाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने पक्षमा कुनै दुई मत छैन ।

यता प्याब्सन मोरङको १६औँ अधिवेशन आगामी पुषको तेस्रो हप्तामा विराटनगरमा हुने बताईएको छ । प्याब्सन मोरङमा आवद्ध २ सय १४ वटा निजी तथा आवासीय विद्यालयका २ सय १० जना प्रतिनिधीले मतदान गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय