उर्लाबारी ।
मोरङको उर्लाबारी-७ स्थित नमूना बाल गृहलाई रोटरी क्लब अफ उर्लाबारीले आफ्नो स्थापना दिवसको अवसरमा
खाद्यान्न सहयोग गरेको छ । क्लबको सातौं स्थापना दिवसको अवसरमा बाल गृहमा एक कार्यक्रम गरी खाद्यान्न सहयोग गरेको हो ।
रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष हेमचन्द्र भट्टराईको अध्यक्षता र रोटरी क्लबकी एसाइन्ट एजी राधिका गुरुङको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोगसाथै केक काटेर स्थापना दिवस मनाइएको हो ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले रोटरी क्लबले सामाजिक क्षेत्रका साथै महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनु भयो ।
रोटरीले उर्लाबारीका विविध क्षेत्रमा सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने क्लबका अध्यक्ष हेमचन्द्र भट्टराईले बताउनु भयो ।
बाल गृहकी अध्यक्ष मीना बरालले सहयोगप्रति रोटरी क्लबलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । बाल गृहले अभिभावक विहिन ५६ जना बालबालिकालाई संरक्षण गर्दै आएको छ ।
कार्यक्रममा रोटरीका पूर्वअध्यक्ष राजेश महेश्वरीले कार्यक्रमको औचित्यबारे बताउनु भएको थियो भनेसञ्चालन सचिव घनश्याम भण्डारीले गर्नुभएको थियो ।
सो अवसरमा रोटरी क्लब अफ उर्लाबारीका संस्थापक अध्यक्ष विष्णु ओली, पूर्वअध्यक्षहरु सुरेन्द्र सुवेदी, भुवन श्रेष्ठ, राजेश महेश्वरीलगायत रोटरियनहरुको सहभागिता रहेको थियो ।
ADVERTISEMENT