
उर्लाबारी, १९ चैत्र । विगत केही समयदेखी पित थैलिमा पथरीया भएर विरामी परेकी उर्लाबारी-३ की तारा विकको मुहारमा खुशी फर्कीएको छ ।
निम्न आर्थिक अवस्थाका कारण पथरीयाको अप्रेसन गर्न छटपटिरहेकी तारालाई उर्लाबारी-३ का रोहित कार्की, सोप्रसाद तिम्सीना (राम), किरण खड्का र विमला सुन्दासले उद्धार गरी उपचारका लागि अरनिको अस्पताल उर्लाबारीमा भर्ना गराएका थिए ।
उपचारका लागि अस्पताल भर्ना भएकी विश्वकर्माको उपचारमा लाग्ने खर्चलाई युवाहरुको पहलमा अस्पतालले निःशुल्क उपचार गरिदिए पछि खुशी भएकी छिन् ।
रोजगारीका शिलशिलामा भारत गएका श्रीमान बेप्पता बनेकी तारा एक बच्चाकी आमा हुन् । श्रीमान् बेप्पत्ता भएपछि माईतीघरमा बस्दै आएकी थिईन् ।
माईतिमा बसेकि बिशवकर्मा रोगले ग्रसित भएको सुनेपछि रोहित कार्किको बिशेस पहलमा युवाहरुले अस्पताल भर्ना गराएका थिए ।अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत पर्ने असाहय, गरिव तथा विपन्न परिवारका सदस्यहरुलाई दिईने सेवा अन्र्तगतको सुविधा युवाहरुको पहलमा अस्पतालले प्रदान गरेको अस्पतालका अध्यक्ष लोलिम पोमु लिम्वुले बताउनुभयो ।




लिम्वुले भन्नुभयो-“हामिले दुरविन प्रवधिको प्रयोग गरेर विरामीको उपचार गरेका छौ, यो हाम्रो अस्पतालको सामाजिक दायित्व हो।”
उपचार पश्चात डिस्र्चाजको पर्खाईमा रहेकी ताराको मुहारमा खुशी छाएपछि ताराका बुबा कृष्ण विश्वकर्माले खुशी हुदै भन्नुभयो-“युवाभाईहरुको पहलमा अस्पतालले ६५ हजार रुपैया बराबरको निःशुल्क उपचार गरेर अस्पतलाले परिवारको खुशी फकाईदियो ।”